ग्याजेट विशेष

आइफोनमा मन पर्ने गितलाई रिंगटोन कसरी बनाउने ?

  नागरिक   2019-07-17

आइफोन वा आइप्याडमा सुरुको दिन देखि नै एन्ड्रोइडमा जस्तो सजिलैसँग आफूलाई मन पर्ने गीतलाई आफ्नो रिंगटोन बनाउन मिल्दैन | आइफोनमा रिंगटोन बनाउनका लागि केही साना तर झन्झटिला कार्यहरू गर्नु पर्ने हुन्छ | यस लेखबाट आइफोनमा आफूलाई मन लागेको गीतलाई रिंगटोन कसरी बनाउने भन्ने कुराको जानकारी पाउनुहुनेछ |

आवश्यक पर्ने कुराहरू

१. विन्डोज वा म्याकओएस चल्ने कम्प्युटर वा ल्यापटप
२. नयाँ संस्करणको आइट्युन्स
३. युएसबी केबल

आइफोनमा मन पर्ने गितलाई रिंगटोन कसरी बनाउने ?

१. विन्डोज वा म्याकओएस भएको कम्प्युटर वा ल्यापटपमा आइट्युन्स नाम गरेको एपलाई खोल्नुहोस् |

आइट्युन्स कसरी इन्स्टल गर्ने ?

म्याक कम्प्युटरमा आइट्युन्स पहिले देखि नै इन्स्टल भएर आएको हुन्छ तर विन्डोज कम्प्युटरमा पछि इन्स्टल गर्नु पर्ने हुन्छ | यदि तपाईको विन्डोज कम्प्युटरमा आइट्युन्स इन्स्टल गरिएको छैन भने आइट्युन्सलाई डाउनलोड गर्न सक्नुहुन्छ | विन्डोज १० प्रयोगकर्ताले माइक्रोसफ्ट स्टोरमा गएर iTunes लेखेर सर्च गरेर आइट्युन्स डाउनलोड गर्न सक्नेछन् | विन्डोज ८ वा विन्डोज ७ प्रयोगकर्ताले आइट्युन्स डाउनलोड गर्नका लागि यहाँ जानुहोस् : https://www.apple.com/itunes/download र आफ्नो विन्डोज  संस्करण आनुसारको आइट्युन्स सेटअप फाइल डाउनलोड गर्नुहोस् | डाउनलोड भएको आइट्युन्स एपलाई इन्स्टल गर्नुहोस् |

२. आइट्युन्स खोलेपछि आफूलाई रिंगटोन बनाउन मन लागेको गीतलाई खोज्नुहोस् र सेलेक्ट गर्नुहोस् |
३. उक्त मन परेको गीतलाई Right Click गर्नुहोस् र “Get Info” मा क्लिक गर्नुहोस् |
४. चौंथो ट्याबमा रहेको Options लेखिएको विकल्पलाई क्लिक गर्नुहोस्
५. त्यहाँ तपाईले start र  stop लेखिएको विकल्प भेट्नु हुनेछ


६. उक्त स्थानमा गीतको रिंगटोन बनाउन मन लागेको भागलाई पर्ने गरि समय सिमा चयन गर्नुहोस्
७. त्यसपछी OK मा क्लिक गर्नुहोस्

८. यति गरिसकेपछि उक्त गीतलाई   Right Click गरेर “Create AAC Version” मा क्लिक गर्नुहोस् | उक्त गीतलाई पछि भेट्न सजिलो हुने गरि एउटा नयाँ नाम दिनुहोस् |


९. रिंगटोनको लागि काटेर बनाईएको  नयाँ गीतलाई क्लिक गरेर Open File Location वा Show in Finder क्लिक गर्नुहोस्
१०. उक्त गीतलाई Right Click गरेर Rename गर्नुहोस् र नामको अन्त्यमा m4a को सट्टा m4r लेख्नुहोस् र सुरक्षित गर्नुहोस् |


११. सुरक्षित भएपछि उक्त रिंगटोनको फाइललाई डेस्कटपमा ल्याएर राख्नुहोस्

१२. आइफोनलाई युएसबी केवलको प्रयोग गरेर कम्प्युटरमा जडान गर्नुहोस्
१३. आइट्युन्समा देखाउने आइफोनको आइकनको छेउमा भएको तीनवटा थोप्लोलाई क्लिक गर्नुहोस् र Tones लाई चयन गर्नुहोस्


१४. डेस्कटपमा सेभ गरेको रिंगटोनलाई माउसले क्लिक गरेर तानेर Tones मा ल्याएर राख्नुहोस्


१५. आइफोनको आइकनमा क्लिक गरेर Tones -> Sync Tones -> Selected Tones मा गएर अगाडी बनको गीतलाई सेलेक्ट गर्नुहोस्


१६. Sync मा क्लिक गर्नुहोस् र Sync हुन दिनुहोस्

१७. आइफोनको Settings -> Sounds -> Ringtones  गएर हालै हालिएको रिंगटोनलाई चयन गर्नुहोस्

 

 

यसमा तपाईको मत