ग्याजेट विशेष

सेल्फि र सेल्फि फोनको लहर

  नागरिक   2018-04-08

स्मार्टफोनको उदयसँगै मोबाइल फोन केबल फोनमा सीमित नभई अरु विभिन्न उपकरणको मिश्रण बन्न पुग्यो । राम्रो तस्बिर खिच्ने फोन भएपछि छुट्टै क्यामरा किन्नु नपर्दा स्मार्टफोनमा जडित उपकरणमा क्यामरा लोकप्रिय हुन पुग्यो । सुरुताका फोनको पछाडि हुने क्यामरामा निकै विकास आइसक्दा पनि अगाडिको क्यामरालाई खासै महत्व दिइँदैनथ्यो । भिडियो कल गर्न भनेर राखिएका अगाडिका क्यामरामा धेरै फिचर पनि हुँदैनथे ।

साधारण ०.३ देखि १.३ मेगापिक्सेलको अगाडिको क्यामरा काफी हुने चलनदेखि अगाडिको क्यामराकै भरमा मोबाइल सेटको विज्ञापन गर्ने चलन आउनुमा सेल्फी ट्रेन्डको हात छ । पछिल्लो समय तीव्र गतिको इन्टरनेट सुविधा भित्रिएपछि फोनबाट खिचिएका तस्बिर सामाजिक सञ्जालमा हाल्ने चलन बढ्यो । यो चलनसँगै फोनको अगाडिको क्यामरा प्रयोगलाई सेल्फी भन्न थालियो र उपभोक्ताले अगाडिको क्यामरामा पनि पछाडिको क्यामरा सरहकै गुण खोज्न थाले ।

हिजोआज मोबाइल फोन कम्पनीहरुले सेल्फी फोन नै भनेर होर्डिङ बोर्डमा मोबाइलको विज्ञापन गरेको देख्न पाइन्छ । युवाहरुले फेसबुक र इन्स्टाग्राम जस्ता चर्चित एपमा सेल्फी अपलोड गर्न रुचाउने हुनाले अहिले राम्रो सेल्फी क्यामरा र त्यसमा आउने सेल्फी मोड र फिल्टर भएको फोनमा आकर्षण बढ्दो छ ।

 

भिभो भी-सेभेन | Vivo V7

भिभो भी–सेभेन गत मंग्सिर देखि नेपालको बजारमा भित्रिएको हो र “क्लिएरर् सेल्फि” ट्याग लाइन दिएर यस फोनको विज्ञापन गरिएको छ ।

यस फोनको सेल्फी क्यामराको विशेषता यस्तो छः

  • २४ मेगापिक्सेल
  • एपार्चर: एफ/२.०
  • प्राकृतिक देखिने र क्रिस्टल क्लियर फोटो आउने स्मार्ट फोटोग्राफीको येल्गोरिदमहरु प्रयोग गरिएको र मुहारको प्राकृतिक सौन्दर्य बढाउने फिचर भएको

मूल्य: रु.२९,९९०

 

अन्य स्पेसिफिकेशन​

Display

5.7 inch Full View IPS LCD display, 77.1% screen-to-body ratio

CPU Octa-core 1.8 GHz Cortex-A53
OS  Android 7.1.2 (Nougat)
Memory  32GB Internal storage; expandable up to 256GB via SDcard
RAM  4 GB
Rear Camera  

16 MP (1/3″ sensor size, 1.0 µm pixel size, f/2.0), phase detection autofocus, LED flash, 64MP  Ultra HD photos, portrait mode


 
ओप्पो एफ-फाइभ | Oppo F5

गत कात्तिकदेखि बजारमा उपलब्ध यो फोनको विशेषता भनेको यसको एआई ब्युटी रेकग्निसन टेक्नोलोजी हो, जसले मुहारको समरुपतालाई केन्द्रित गरेर मुहारको सुन्दरतालाई बढाउन सक्छ । ओप्पो कम्पनीको अनुसार यस फिचरले सेल्फी बजारमा नयाँ आयाम दिनेछ ।

यसको सेल्फी क्यामराको विशेषताः

  • २० मेगापिक्सेल
  • एआईले गर्ने मुहारको विशेषताको अप्टिमाइजेसन
  • एपार्चर: एफ/२.०

मूल्य: रु. ३३,९९० (४ जीबी र ३२ जीबी ) र रु. ४३,९९० (६ जीबी र ६४ जीबी ) 

 

अन्य स्पेसिफिकेशन​

 

Display

6.0 inches LTPS IPS LCD, Full HD+, 78.1% screen-to-body ratio

CPU Octa-core  2.5 GHz Cortex-A53
OS Android 7.1 ( Nougat)
Memory 32 GB / 64 GB, Expandable up to 256GB
RAM 4 GB / 6GB
Rear Camera 16 MP,  f/1.8, LED Flash, phase  detection autofocus

 

जिओनी एक्स वान् एस | Gionee X1s

सेल्फी–सुटरलाई यो फोनको मुख्य विशेषता भनेर विज्ञापन गरिएको छ । सेल्फीलाई अझै आकर्षक बनाउने उपकरण, थोरै उज्यालोमा पनि फोटो खिच्न सक्ने क्षमता, एलइडी फ्ल्यासजस्ता फिचरले उपयोगिता बढाएको छ ।

यसको सेल्फी क्यामराको विशेषता

  • १६ मेगापिक्सेल
  • एपार्चर: एफ/२.०
  • एलइडी फ्ल्यास र सेल्फीलाई आकर्षक बनाउने टुल्सहरु

मूल्य: रु. १७,९९९

 

अन्य स्पेसिफिकेशन​

Display 5.20 inch IPS LCD, 67.4% screen-to-body ratio
CPU 1.5GHz Quad-core
OS Android 7.0 (Nougat)
Memory

16 GB, Expandable up to 256GB

RAM 3 GB
Rear Camera 13 MP, f/1.8, dual-LED  dual-tone flash, autofocus

 

राम्रो सेल्फी फोन कसरी छान्ने ? 

बजारमा सेल्फी फोन भनेर विज्ञापन गरे पनि सेल्फी फोन नै सधैं सबैभन्दा उपयुक्त विकल्प नहुन सक्छ । सेल्फी फोन भनेर प्रचार नगरिएका तर सेल्फी फोनभन्दा राम्रो सेल्फी क्यामरा भएका फोन पनि बजारमा उपलब्ध छन् । कुनै क्यामरालाई राम्रो सेल्फी क्यामरा भन्नुअघि यी फिचरलाई ध्यानमा राख्नुपर्छः

  • मेगापिक्सेल: मेगापिक्सेलले कुनै पनि तस्बिर कति विस्तृत आउन सक्छ भनेर निर्धारण गर्छ । मेगापिक्सेल जति बढी भयो तस्बिरमा त्यति नै धेरै विस्तृत हुन्छ । तर मेगापिक्सेल धेरै हुनु मात्र उत्कृष्ट सेल्फी क्यामराको लक्षण होइन । अरु कारणले गर्दा सेल्फी क्यामरा राम्रो वा नराम्रो हुन सक्छ ।

  • सेन्सर: तस्बिर सुन्दर आउनुमा सेन्सरको ठूलो भूमिका हुन्छ । सेन्सरको माप, सेन्सरमा भएका पिक्सेलको संख्या र ती पिक्सेलहरुको मापले तस्बिरको गुण निर्धारण गर्छन् । जति ठूलो सेन्सर हुन्छ, क्यामरामा त्यति नै धेरै प्रकाशको किरणलाई राम्रोसँग टिप्ने क्षमता हुन्छ र त्यसैको गर्दा राम्रो तस्बिर खिच्न सहज हुन्छ ।
  • एपर्चर: एपर्चरको स्टप अंक थोरै हुनु राम्रो हो । उदाहरणका लागि एफ/२.० भन्दा एफ/१.७ एपर्चर भएको फोनले थोरै उज्यालोमा पनि राम्रो तस्बिर खिच्न सक्छ ।
  • अटो फोकस वा सेलेक्टिभ फोकस: अटो फोकसले तस्बिर खिच्ने बेलामा आफैं फोकस गरेर तस्बिरलाई स्पष्ट बनाउँछ। सेल्फी क्यामरामा अटो फोकस भएका फोनहरु नेपालको बजारमा कम संख्यामा उपलब्ध छन् र सेल्फी क्यामरामा अटो फोकस नभएका फोनभन्दा ती फोन निकै महँगा छन् । अटो फोकसको विकल्प सेलेक्टिभ फोकस हो र थोरै बजेटका फोनमा पनि यो सुविधा उपलब्ध हुन सक्छ, जुन प्रयोग गरेर सेल्फी प्रस्ट बनाउन सकिन्छ ।
  • सेल्फी ब्युटी मोड र फिल्टरहरु: ब्युटी मोड र सेल्फी फिल्टर प्रयोग गरेर सेल्फीलाई आकर्षक र सुन्दर बनाउन सकिन्छ । सेल्फी खिचिसकेपछि तस्बिर सुसज्जित गर्न वा सुन्दरता बढाउन छुट्टै एपहरु डाउनलोड गर्न त पाइन्छ तर यस्ता फिचरहरु फोनको क्यामरामै उपलब्ध छन् भने सहज र छरितो तरिकाले प्रयोग गर्न सकिन्छ । फोनमै यस्ता फिचर छन् भने सेल्फी खिच्दाखिच्दै पनि विभिन्न मोड र फिल्टर प्रयोग गरेर आकर्षक तस्बिर बनाउन सकिन्छ ।

यसमा तपाईको मत