बजार संक्षेप

भक्तपुरमा बाजेको सेकुवा

  नागरिक   2019-11-21

काठमाडौं– मौलिक नेपाली स्वाद पस्कँदै आएको ‘बाजेको सेकुवा’ले भक्तपुरको गठ्ठाघरमा शाखा विस्तार गरेको छ । भक्तपुरमा पहिलो शाखाको रुपमा सञ्चालनमा आएको बाजेको सेकुवा ब्रान्डमा रेस्टुरेन्ट सञ्चालन गर्न इच्छुक लगानीकर्ताको पहिचान र फ्राञ्चाइज सम्झौता गर्ने काम बाजेको भेन्चर प्रालिले गर्दै आएको छ ।
व्यापारिक सहरमा बढ्दो उपभोग र बजार मागलाई लक्ष्य गरी बाजेको भेन्चरले फ्राञ्चाइज मोडलमा रेस्टुरेन्ट सञ्जाल विस्तारलाई अघि बढाएको जनाएको छ । 
नेपालगन्ज, वीरगन्ज, धनगढी, हेटौंडा र नेपालबाहिर अमेरिकामा, अस्ट्रेलिया, जापान र बेलायतमा आगामी केही वर्षभित्र रेस्टुरेन्ट सञ्जाल विस्तार गरिसक्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।
दक्ष युवालाई उद्यमी बन्न प्ररीत गर्दै देशभित्रै रोजगारी सिर्जना गर्ने उद्देश्यले खोलिएको उक्त शाखामा २५ जनाले रोजगारी पाएको कम्पनीले जनाएको छ ।
उपत्यकाबाहिर तीन, उपत्यकाभित्र नौ र अमेरिकामा दुई गरी हाल १४ वटा आउटलेटबाट कम्पनीले सेवा दिइरहेको छ । 

यसमा तपाईको मत