ग्याजेट विशेष

एन्ड्रोइड स्मार्टफोनमा स्टोरेज बचत गर्ने तरिका

  नागरिक   2020-01-22

स्मार्टफोन प्रयोगको केही महिना पछि स्टोरेज फुल हुने समस्या अधिकांस प्रयोगकर्ताले भोगेका हुन्छन । आइफोनमा स्टोरेज बचत गर्न के गर्ने भन्ने बारेमा पढ्न चाहनु हुन्छ भने यस लिंकमा क्लिक गर्नुहोस् : आइफोनमा स्टोरेज बचत गर्ने तरिका

। यस लेखमा एन्ड्रोइड स्मार्टफोनमा स्टोरेज बचत गर्ने तरिकाको बारेमा चर्चा गरिएको छ :

१. “फ्री स्पेस” टूलको प्रयोग गर्ने

एन्ड्रोइडको नयाँ संस्करणहरूमा स्टोरेजलाई मिलाउने एप पहिले नै उपलब्ध गराइएको हुन्छ । यस टूलको प्रयोग गरेर तपाईंले आफ्नो स्मार्टफोनको स्टोरेजलाई प्रबन्ध र अनुगमन गर्न सक्नुहुनेछ । यस टूलको प्रयोगका लागि :

  • स्मार्टफोनको “Settings” मा जानुहोस् र “Storage” लाई चयन गर्नुहोस् ।
  • त्यहाँ देखिएको निलो रंगमा भएको “Free Up Space” नाम गरेको बटनमा क्लिक गर्नुहोस् ।
  • यस पछि प्रयोगमा नआएका एपहरू, डाउनलोड भएका फाइलहरू र अपलोड गरिएका फोटोहरूले कति स्टोरेज लिईराखेका छन् भन्ने कुराको जानकारी डिस्प्लेमा हेर्न सकिनेछ । आफूलाई खासै आवश्यक परे अनुसार चयन गर्दै अनावश्यक कुराहरू डिलिट गरेर स्टोरेज खालि गर्न सकिनेछ ।

यही टूलमा स्मार्ट स्टोरेज भन्ने विकल्प पनि भेट्न सक्नुहुनेछ । गुगलले नि:शुल्क र अन्लिमिटेड फोटो अपलोड गर्ने सुविधा प्रदान गर्दै आएको छ । यस फिचरलाई सुचारु गर्दा अपलोड भएर ब्याक अप भएका फोटो र भिडियोहरू तपाईंको स्मार्टफोनबाट डिलिट हुनेछ । अपलोड भएका फोटोहरू कति कति दिनमा डिलिट गर्ने भनेर पनि समयहरू चुन्न सकिन्छ - जस्तै ३० दिन, ६० दिन र ९० दिन ।

२. अनावश्यक र प्रयोगमा नआउने एपलाई डिलिट गर्ने

रयोगमा नआउने एप डिलिट वा अफलोड गर्नु नै स्टोरेज बचाउने सबैभन्दा ठूलो उपाय हो । हामीले इन्स्टल गरेका अधिकांश एप प्रयोग गर्दैनौं । पछि काम लाग्ने हो कि भन्दै डिलिट नगरी बस्छौं, जसले आइफोनको अधिकांश स्टोरेज लिएर बसिरहन्छ ।


माथि उल्लेख गरिएको फ्री स्पेस टूलमा नै इन्स्टल भएको तर खासै प्रयोगमा नआएको एपहरूको सूची हेर्न सकिन्छ । यहाँबाट धेरै प्रयोगमा नआएका एपहरूलाई डिलिट गर्नु नै उचित हुन्छ ।

३. क्यास र डेटा डिलिट गर्ने

स्मार्टफोनका एपहरूले धेरै आवश्यक पर्ने डेटाहरूलाई स्मार्टफोन कै मेमोरीमा क्यास ( Cache ) बनाएर राखेको हुन्छ । यसै गरि एपले आफ्नै लागि डाउनलोड गरेका डेटाहरू पनि स्मार्टफोन कै स्टोरेजमा बसिरहेको हुन्छ । यस्ता क्यास र डेटालाई बेला मौकामा डिलिट गर्नु राम्रो हुन्छ । तर, क्यास र डेटा डिलिट गर्न विचार पुर्याउनु पर्ने हुन्छ ।


सेटिंगको स्टोरेजमा गएर देखाईएको कुनै एउटा वर्गलाई ( जस्तै Music & Audio, Games आदि ) चयन गरेपछि उक्त बर्ग अन्तर्गत गर्ने सम्पूर्ण एपहरू हेर्न सक्नु हुनेछ । कुनै एक एपलाई चयन गरेपछि सो एपले प्रयोग गरेको डेटा र क्यासको साइज पनि हेर्न सक्नु हुनेछ । यहाँ डेटा डिलिट गर्नलाई Clear Storage भन्ने बटन भेट्न सक्नुहुनेछ भने क्यास डिलिट गर्नलाई Clear Cache बटन भेट्न सक्नुहुनेछ ।


स्टोरेज वा डेटालाई क्लियर वा डिलिट गर्न उक्त एपले सेभ गरेर राखेको तपाईंको सम्पूर्ण डेटा र फाइलहरू डिलिट गर्छ । उदाहरणका लागि : युट्युब एपमा गएर Clear Storage गर्दा डाउनलोड भएर बसेको सम्पूर्ण भिडियोहरु डिलिट हुन्छ । यसै गरि कुनै गेममा गएर डेटा डिलिट गर्दा गेम खेल्दाको जानकारी र प्रगति पनि डिलिट हुन सक्छ ( उक्त गेम इन्टरनेटसँग जडान नभएको खण्डमा ).


क्यास क्लियर वा डिलिट गर्दा प्रयोगकर्ताको लगइन जानकारीहरू सबै डिलिट हुन्छ । क्यास क्लियर गर्दा विभिन्न एपहरूमा पुन: लगइन गर्नु पर्ने पनि हुन्छ । यसैले क्यास डिलिट गर्ने बेलामा विचार पुर्याउनु पर्ने हुन्छ ।

४.मेमोरी कार्डलाई आन्तरिक स्टोरेज जसरी प्रयोग गर्ने

कुनै कुनै एन्ड्रोइड स्मार्टफोनले मेमोरी कार्डलाई पनि आन्तरिक स्टोरेज जसरी प्रयोग गर्न सक्छन । यसका लागि मेमोरी कार्ड राख्ना साथ स्मार्टफोनमा आउने नोटिफिकेसनमा “Set Up” विकल्प चयन गर्नुहोस् । यसपछि Use as Internal मा चयन गर्नुहोस् । यसले उक्त मेमोरी कार्डलाई तपाईंको स्मार्टफोनको आन्तरिक स्टोरेज जसरी प्रयोग गर्नेछ ।

यसरी मेमोरी कार्डलाई आन्तरिक स्टोरेज बनाएर प्रयोग गर्दा मेमोरी कार्ड फर्म्याट हुन्छ र उक्त मेमोरी कार्डमा भएका सम्पूर्ण फाइलहरू डिलिट हुन्छ ।

 

 

५. क्लाउड स्टोरेजको प्रयोग

आफ्नो फोटो र अन्य डकुमेन्टलाई क्लाउडमा ब्याकअप गर्ने बानी बसाल्नुहोस् । ब्याकअप गरेको फोटोहरु आफ्नो स्मार्टफोनबाट डिलिट गरेपछि निकै धेरै स्टोरेज बचत हुन्छ ।
गुगल फोटोजको प्रयोगबाट तपाईंले आफूले चाहे जति फोटो क्लाउडमा निःशुल्क अपलोड गर्न सक्नुहुन्छ ।


गुगलको Photos एप खोलेर माथि बाँया पट्टि भएको तिनवटा थोप्लालाई टच गरेर Settings मा चयन गर्नुहोस् ।यहाँ ब्याक अप एण्ड सिंक ( Back up & Sync ) भन्ने अप्सनलाई चयन गरेर On गर्नुहोस् । यसबाट तपाईंको सम्पूर्ण फोटोहरू गुगलको सर्भरमा नि:शुल्क अपलोड हुनेछ ।


फोटो र भिडियोको ब्याक अपका लागि वनड्राइभ, ड्रपबक्स, मेगा जस्ता अन्य अनलाई स्टोरेज एपहरू पनि प्ले स्टोरबाट डाउनलोड गरेर प्रयोग गर्न सकिनेछ ।

 

यसमा तपाईको मत