बजार संक्षेप

‘श्री पञ्चमीमा सानिमा बैंकको डिजिटल सौगात’

  नागरिक   2020-01-29

काठमाडौँ- सानिमा बैंक लिमिटेडले श्री पञ्चमी (सरस्वती पूजा) को उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई विशेष योजना स्वरुप विभिन्न छुट प्रदान गर्ने भएको छ । 
बैंकले आफ्ना नयाँ तथा पुराना ग्राहकहरुलाई लक्षित गर्दै दुई दिनको लागि डेबिट कार्ड र मोबाइल बैंकिङ सेवामा जारी शुल्क नलाग्ने व्यवस्था गरेको छ । साथै ग्राहकहरुले दुबै सुविधा एकैसाथ उपभोग गर्दा रु १०० को नेपाल टेलिकम वा एनसेलको टपअप पाउने जानकारी बैंकद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ। यो योजना माघ १६ र माघ १७, २०७६ का लागि लागू गरिएको सथौ यस योजना विद्यार्थीवर्गलाई मात्र लक्षित हुने र सुविधा लिन आउँदा ग्राहकले विद्यार्थी परिचय पत्र पेश गर्नुपर्ने र नाबालकको हकमा भने प्रचलित निर्देशन अनुसार गर्न सकिने जानकारी समेत उक्त जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ।

यसमा तपाईको मत