बजार संक्षेप

सानिमा बैंकले ल्यायो ‘नारी बचत खाता’

  नागरिक   2020-02-13

काठमाडौं– सानिमा बैंकले सानिमा नारी बचत खाता सञ्चालनमा ल्याएको छ । सार्वजनिक योजनामा हरेक नारी बचत खाताबापत बैंकले आफ्नो तर्फबाट मासिक रुपमा एक विपन्न वर्गका महिलाको उत्थान तथा स्वास्थ्य उपचारमा उपयोग गर्दै आएको बैंकले जनाएको छ ।
महिलाले आफ्नो लागि नारी बचत खाता खोल्दा सो खाताबाट नारीकै हितको लागि रकम प्रयोग गरिने हुनाले हरेक नारीले बैंकमा खाता खोल्दा अप्रत्यक्ष रुपमा अन्य विपन्न वर्गका नारीको लागि सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
यससँगै प्रविधियुक्त बैंकिङ तथा नगद रहित कारोबारलाई प्रोत्साहन गर्नको लागि बैंकका नारी खाताबाहक ग्राहकले बैंकको डेबिट कार्डबाट बिल भुक्तानी गर्दा हरेक शनिबार १५ प्रतिशत नगद फिर्ता वा पाँच सय रुपैयाँसम्म छुट पाइने बैंकले जनाएको छ । यसबाट हरेक महिना सामान खरिदमा दुई हजार रुपैयाँसम्म बचत गर्न सकिने बैंकको विज्ञप्तिमा उल्लेख छ । 
 

यसमा तपाईको मत