बजार संक्षेप

सामसङको ए२०एस नेपाली बजारमा

  नागरिक   2019-11-13

काठमाडौं– इलेक्ट्रोनिक्स एवं स्मार्टफोन ब्रान्ड सामसङले नयाँ विशेषता भएको  ग्यालेक्सी ए२०एस बजारमा प्रस्तुत गरेको छ । 
ग्यालेक्सी ए परिवारको नयाँ सदस्यको रुपमा रहेको उक्त फोनमा ट्रिपल रियर क्यामरा, १५ वाटको फास्ट चार्जिङ, चार हजार एमएएचको ब्याट्री, शानदार डिस्प्ले, उत्कृष्ट ट्रिपल क्यामरा तथा ऐना जस्तै फिनिसिङको साथ आकर्षक डिजाइन रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
लाइभ सम्बाद सेयर गर्न, लगातार फोटो क्याप्चर गर्न, लाइभ भिडियो स्ट्रिम गर्न तथा साझा अनुभवको साथ कनेक्ट गर्नको लागि उक्त फोन उपयोगी रहेको कम्पनीको दाबी छ ।
फोनको ट्रिपलर क्यामरामा १३ मेगापिक्सलको प्राइमरी रियर क्यामरा, एफ १.८ अपर्चर, आठ मेगापिक्सलको अल्ट्रावाइड लेन्स तथा पाँच मेगापिक्सलको डेप्थ क्यामरा छ ।
हरियो, नीलो तथा कालो गरी तीन रङमा उपलब्ध फोनमा तीन जिबी र्याम ३२ जिबी इन्टरनल स्टोरेज तथा चार जिबी र्याम ६४ जिबी इन्टरनल स्टोरेज उपलब्ध रहेको जनाइएको छ । 
 

यसमा तपाईको मत