बजार संक्षेप

नयाँ सामसङ आर सिरिज टिभि अब नेपालमा

    2019-08-15

काठमाडौँ- सामसङले आर सिरिज अन्तर्गत नयाँ स्मार्ट टिभिहरु बजारमा प्रस्तुत गरेको छ। यी टिभिहरुमा विभिन्न सुविधाहरु उपलब्ध रहेका छन्। पर्सनल कम्प्युटर, म्युजिक सिस्टम, होम क्लाउड, लाभइभ कास्ट एवं टु वे सेयरिङ्ग जस्ता सुविधाहरु यी टिभिहरुबाट लिन सकिन्छ। यस अघि कहिल्यै उपलब्ध नभएका सुविधाहरु यी स्मार्ट टिभिहरुमा उपलब्ध रहेको जानकारी कम्पनिद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख छ।
सामसङले आर सिरिजका टिभिहरुका खरिदमा सामसङको स्मार्ट फोन निःशुल्क प्रदान गर्ने योजना १
हप्ताको लागि प्रस्तुत गरेको छ। सामसङ ७५ इन्च RU7100 को खरिदमा तँपाइले सामसङ ग्यालेक्सी
S10 पाउनुहुनेछ, ६५ इन्च RU7100 को खरिदमा सामसङ ग्यालेक्सी A70 पाउनुहुनेछ, ५५ इन्च
RU7100को खरिदमा सामसङ ग्यालेक्सी A50 पाउनुहुनेछ र ४९ तथा ४३ इन्च RU7100को  खरिदमा
सामसङ ग्यालेक्सी A30 र A20 पाउनुहुनेछ। यो योजना सामसङका डिलरहरु मार्फ नेपाल  अधिराज्यभर लागू गरिएको कुरा प्रेस विज्ञप्तिमा जानकारी गराइएको छ। हिम इलेक्ट्रोनिक्स तथा त्रिवेणी व्यापार कम्पनी लि. द्वारा आफ्ना आधिकारीक डिलर नेटवर्क मार्फत्अगस्ट १५ तारिख देखि २२ तारिख सम्म यो योजना जारी गरेको जानकारी गराएको छ। 
 

यसमा तपाईको मत