ग्याजेट विशेष

लन्च भयो सामसंग ग्यालेक्सी एस १० स्मार्टफोनहरु

    2019-02-21

सामसंग ग्यालेक्सी लाइनअपको एक दशक पूरा भएसंगै सामसंगले आफ्नो एस सिरिजको दशौं संस्करणको फ्ल्याग्शिप स्मार्टफोनहरु रिलिज गरेको छ । यस लाइनअपमा कुल तीनवटा एस १० का मोडलहरु छन् ।

ग्यालेक्सी एस १० र १० प्लस

सामसंगको एस लाइनअपको  मुख्य स्मार्टफोनहरु हो एस १० र एस १० प्लस । यी स्मार्टफोनहरु गत वर्ष रिलिज भएका एस ९ र एस ९ प्लसका उत्तराधिकारीहरु हुन् । यी दुई मध्ये सामसंग ग्यालेक्सी एस १० प्लस चाहिँ ठूलो साइजको र उन्नतस्तरको स्मार्टफोन रहेको छ । एस १० र एस १० प्लस दुवैमा साइज बाहेकको खासै भिन्नता भने छैन - भिन्नता छ त केवल सेल्फी क्यामरा र उपलब्ध सिस्टम र्याममा । एस १० प्लसमा दुईवटा सेल्फी क्यामरा राखिएको छ भने एस १० मा केवल एउटा मात्र सेल्फी क्यामरा रहेको छ ।

 

एस १० प्लसका विशेषताहरु:

  • १४४०+ पिक्सलको रेजोलुसन ६.४ इन्चको HDR10+ सुपर एमोलेड डिस्प्ले
  • डिस्प्ले भित्र नै अल्ट्रासोनीक फिंगरप्रिन्ट
  • डिस्प्लेमै पन्च गरिएको डबल सेल्फी क्यामरा - १० मेगापिक्सल र ८ मेगापिक्सल जसले 4K भिडियो पनि खिच्न सक्छ
  • मुख्य ट्रिपल क्यामराको सेटअप - सबै १२ मेगापिक्सलको
  • ट्रिपल क्यामरा मध्ये एउटा फोकल लेन्थ परिवर्तन हुने, एउटा टेलीफोटो र अर्को वाइड एन्गल
  • स्न्यापड्रागन ८५५ प्रोसेसर
  • ८ अथवा १२ जीबी र्याम
  • १२८ जीबी/ ५१२ जीबी/ १ टीबी आन्तरिक स्टोरेज / मेमोरी कार्ड लाग्ने
  • डुयल सिम मोडल उपलब्ध हुने
  • अन्य स्मार्टफोनलाई वायरलेस मार्फत चार्ज गर्न मिल्ने पावर सेयर फिचर
  • ४१०० mAh ब्याट्री / फास्ट चार्ज र वायरलेस चार्ज सहितको
  • डबल स्टेरो स्पिकर
  • मूल्य $१,००० बाट सुरु


एस १० का विशेषताहरु

  • १४४०+ पिक्सलको रेजोलुसन ६.१ इन्चको HDR10+  सुपर एमोलेड डिस्प्ले
  • डिस्प्ले भित्र नै अल्ट्रासोनीक फिंगरप्रिन्ट
  • डिस्प्लेमै पन्च गरिएको 4K भिडियो पनि खिच्न सक्ने १० मेगापिक्सल सेल्फी क्यामरा
  • मुख्य ट्रिपल क्यामराको सेटअप - सबै १२ मेगापिक्सलको
  • ट्रिपल क्यामरा मध्ये एउटा फोकल लेन्थ परिवर्तन हुने, एउटा टेलीफोटो र अर्को वाइड एन्गल
  • स्न्यापड्रागन ८५५ प्रोसेसर
  • ८ जीबी र्याम
  • १२८ जीबी/ ५१२ जीबी आन्तरिक स्टोरेज / मेमोरी कार्ड लाग्ने
  • डुयल सिम मोडल उपलब्ध हुने
  • अन्य स्मार्टफोनलाई वायरलेस मार्फत चार्ज गर्न मिल्ने पावर सेयर फिचर
  • ३४०० mAh ब्याट्री / फास्ट चार्ज र वायरलेस चार्ज सहितको
  • डबल स्टेरो स्पिकर
  • मूल्य $९०० बाट सुरु


ग्यालेक्सी एस १० ई

ग्यालेक्सी एस १० ई “बजेट” संस्करणको ग्यालेक्सी एस १० हो । यो स्मार्टफोनको साइज सानो छ, डिस्प्ले फ्ल्याट छ भने क्यामरा, डिस्प्ले गुणस्तर र फिंगरप्रिन्ट स्क्यानरमा केहि सम्झौता गरिएको छ । क्यामराको गुणस्तर र प्रोसेसर भने अन्य दुई स्मार्टफोनसंग मिल्दो छ । गत वर्ष एप्पलले रिलिज गरेको आइफोन टेन आरको प्रतिउत्तरमा यो स्मार्टफोन रिलिज गरिएको हो ।

एस १० ई का विशेषताहरु

  • ५.८ इन्चको १०८०पी+ रेजोलुसनको HDR10+ सुपर एमोलेड डिस्प्ले
  • पावर बटनमा राखिएको फिंगरप्रिन्ट स्क्यानर
  • डिस्प्लेमै पन्च गरिएको 4K भिडियो पनि खिच्न सक्ने १० मेगापिक्सल सेल्फी क्यामरा
  • मुख्य डबल क्यामराको सेटअप - सबै १२ मेगापिक्सलको
  • मुख्य दुई क्यामरा मध्ये एउटा फोकल लेन्थ परिवर्तन हुने र अर्को वाइड एन्गल लेन्स
  • स्न्यापड्रागन ८५५ प्रोसेसर
  • ६ / ८ जीबी र्याम
  • १२८ जीबी / २५६ जीबी आन्तरिक स्टोरेज / मेमोरी कार्ड लाग्ने
  • डुयल सिम मोडल उपलब्ध हुने
  • अन्य स्मार्टफोनलाई वायरलेस मार्फत चार्ज गर्न मिल्ने पावर सेयर फिचर
  • ३१०० mAh ब्याट्री / फास्ट चार्ज र वायरलेस चार्ज सहितको
  • डबल स्टेरो स्पिकर
  • मूल्य $७५० डलरबाट सुरु

 

यसमा तपाईको मत