बजार संक्षेप

साधनाको एकीकृत कारोबार सुरु

    2019-07-17

काठमाडौं,– साधना लघुवित्त वित्तिय संस्थाले आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्थालाई प्राप्त गरी साधना लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार प्रारम्भ गरेको छ।
गोरखाको हरमटारीमा रहेको केन्द्रीय कार्यालयमा आयोजित एक समारोहमा नेपाल राष्ट्र बैंकका सञ्चालक रामजी रेग्मीले एकीकृत कारोबार सुरु गरेको संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
प्राप्तिपछि संस्थाको चुक्ता पुँजी सात करोड ३५ लाख रुपैयाँ, कुल निक्षेप २८ करोड रुपैयाँ र कुल लगानी एक अर्ब २० करोड रुपैयाँ पुग्ने विज्ञप्तिमा उल्लेख छ।
संस्थाको शाखा संख्या ४० रहेको र आगामी आर्थिक वर्ष ०७६/७७ को योजना अनुसार एक सय प्रतिशत हकप्रद सेयर तथा सर्वसाधारण सेयर जारीपश्चात् संस्थाको चुक्ता पुँजी २१ करोड रुपैयाँ बताइएको छ।
 

यसमा तपाईको मत