बजार संक्षेप

१३औं राष्ट्रिय ए .यस .ए. आर्किटेक्चर प्रदर्शनी सम्पन्न

    2019-06-23

 

काठमाडौँ- राइनो ५०० डि तथा रिद्धि सिद्धि सिमेन्टको संयुक्त सहकार्य लगायतको सहायतामा वास्तुकला र यसका विभिन्न पक्षका साथै पुनःनिर्माण र नेपालका सम्पदा तथा निर्माणसम्बन्धी सम्पूर्ण विषयहरुको एकै थलोमा विस्तृत जानकारी दिने उद्देश्यले १३ औं राष्ट्रिय ASA आर्किटेक्चर प्रदर्शनी सफलता  पुर्वक सम्पन्न गरियो । 
असार ६ गते शुक्रबार सुरु भएको सो प्रदर्शनीमा वास्तुकलाले सामान्य जीवनमा पार्ने असरदेखि विश्वमा रहेको वास्तुकलाको अवस्थाबारे निकै रचनात्मक रूपमा विद्यार्थीहरूले प्रस्तुति दिएका थिए । पुल्चोकस्थित पुल्चोक इन्जियरिङ कलेजमा भएको सो तीन दिने प्रदर्शनी आइतबार असार ८ गते समापन भएको थियो । प्रदर्शनीमा वास्तुकलाका साथै विद्यार्थीहरुले चित्रकला, काष्ठकला तथा अरु विषयमा समेत बेजोड प्रस्तुति गरेका थिए ।
मजबुत निर्माणका लागि गुणस्तरीय सामाग्रीको प्रयोगलाई प्रोत्साहन गर्दै आइरहेको जगदम्बा स्टील्स्को राइनो ५०० डि तथा रिद्धि सिद्धि सिमेन्टले उक्त १३ औं राष्ट्रिय ASA आर्किटेक्चर प्रदर्शनीको आयोजनामा सहायता पुर्याएको थियो ।  

यसमा तपाईको मत