बजार संक्षेप

रिलायन्स लाइफ इन्स्योरेन्सको सभा

    2019-08-18

काठमाडौं– रिलायन्स लाइफ इन्स्योरेन्सको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । 
सभाले सञ्चालक समितिको आर्थिक वर्ष ०७४/७५ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आव ०७४/७५ को वासलत, नाफा–नोक्सान हिसाब, नगदप्रवाह विवरण लगायत वित्तीय विवरण पारित गरेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
कम्पनीले सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गरेको विज्ञप्तिमा उल्लेख छ ।
कम्पनीले अधिकृत पुँजी तीन अर्ब रुपैयाँ र जारी पुँजी दुई दुई अर्ब १० करोड रुपैयाँ रहेकोमा जारी पुँजीको ३० प्रतिशतले हुन आउने ६३ करोड रुपैयाँ बराबरको सेयर सर्वसाधारणमा निष्कासन गर्ने जनाएको छ । 
सिद्धार्थ बैंक लिमिटेड लगायत व्यापारिक घरानाद्वारा प्रवद्र्धित कम्पनीले ८८ शाखा तथा उपशाखा कार्यालयबाट सेवा दिइरहेको जनाएको छ । 

यसमा तपाईको मत