बजार संक्षेप

रिलायन्स लाइफ इन्स्योरेन्सको सम्पर्क केन्द्र अब २४सै घण्टा

    2019-06-27

 

काठमाडौँ- रिलायन्स लाइफ इन्स्योरेन्सले आम नागरिकमा जीवन बीमाको बारेमा जनचेतना अभिवृद्धि गर्ने हेतुले तथा ग्राहक वर्ग र रिलायन्स साथी (अभिकर्ता ) मा थप सेवा २४सै घण्टा ३६५ दिन प्रदान गर्नका लागि सम्पर्क केन्द्र संचालनमा ल्याएको छ । सो सम्पर्क केन्द्रको उद्घाटन बीमा समितिका अध्यक्ष, श्री चिरन्जीवी चापागाईं र रिलायन्स लाइफ इन्स्योरेन्स लि, का अध्यक्ष श्री तारा चन्द केडियाले संयुक्त रुपमा गर्नु भएको छ ।

 
यस सम्पर्क  केन्द्रबाट  आम नागरिकले जीवन बीमा, कम्पनी तथा कम्पनीको योजनाहरुको बारेमा परामर्श लिनुका साथै ग्राहक र रिलायन्स साथी (अभिकर्ता ) ले  सल्लाह, सुझाव र गुनासा आदि ४७८७२२४ मा फोन वा  कम्पनीको अधिकारिक फेसबुक, ट्वीटर,वेबसाइट, इमेल वा मोबाइल एप मार्फत आफूलाई पायक पर्ने माध्यमबाट प्रेसित वा प्राप्त गर्न सक्नेछन् । 

यसमा तपाईको मत