ग्याजेट विशेष

लन्च भयो रिअलमीका स्मार्टफोनहरु

  नागरिक   2019-02-05

नेपालमा चाइनिज कम्पनी रिअलमीले आफ्नो दुईवटा स्मार्टफोन लन्च गरेको छ । रिअलमी चाइनिज कम्पनी अप्पोको उप-ब्राण्ड हो जुन सायोमीको मि सिरिज स्मार्टफोनसंग टक्कर लिनका लागि लन्च गरिएको थियो । थोरै मूल्यमा आकर्षक फिचरहरु उपलब्ध गराई बजारमा स्थापित हुन खोजेको रिअलमी ब्राण्डले नेपालमा पनि बजेट र मिडरेन्ज गरि दुईवटा स्मार्टफोन लन्च गरेको छ । नेपालमा रिअलमीका स्मार्टफोन भने जगदम्बा मोबाइल्सलव लन्च गरेको हो ।

नेपालमा लन्च हुने स्मार्टफोनहरु हुन् रिअलमी २ प्रो र रिअलमी सि वान ।  रिअलमी २ प्रो मिडरेन्ज स्मार्टफोन हो भने रिअलमी सि वान बजेट स्मार्टफोन हो ।

रिअलमी २ प्रो का विशेषताहरु यस प्रकारका छन्

रिअलमीले लन्च गरेको मध्येमा महँगो र धेरै फिचर भएको मोडल हो रिअलमी २ प्रो । यसमा हालै प्रचलनमा आएको पानीको थोपाको जस्तो सानो नच राखिएको छ जसले गर्दा यस स्मार्टफोनको अगाडीको भाग निकै आकर्षक देखिन्छ । पछाडीको भाग सिसाले बनेको छ भने छेउमा एल्मुनियमको फ्रेम छ । उच्च मूल्य भए पनि यस स्मार्टफोनमा फास्ट चार्ज फिचर छैन ।

 

डिस्प्ले: ६.३ इन्चको १०८० x २३४० पिक्सलको १९.५:९ अनुपातको आइ पी एस डिस्प्ले
क्यामरा: १६ मेगापिक्सल + २ मेगापिक्सल मुख्य क्यामरा, १६ मेगापिक्सल सेल्फी क्यामरा
प्रोसेसर: स्न्यापड्रागन ६६०
र्याम: ४ जीबी
स्टोरेज: ६४ जीबी, मेमोरी कार्ड लाग्ने
ब्याट्री: ३५०० mAh
नेपाली बजार मूल्य: नेरु ३०,४९९


रिअलमी सि वान का विशेषताहरु यस प्रकारका छन्

लन्च भएका स्मार्टफोन मध्येको बजेट मोडल हो रिअलमी सि वान । यसमा क्लासिक नच राखिएको छ भने अगाडी केवल ७२० पीको डिस्प्ले छ । प्लास्टिकको बनोट रहेको यस स्मार्टफोन हेर्दा पनि आकर्षक छ । तर यो स्मार्टफोनमा फिंगरप्रिन्ट स्क्यानर भने छैन ।


डिस्प्ले: ६.२ इन्चको एचडी रेजोलुसनको आइ पी एस डिस्प्ले
क्यामरा: १३ मेगापिक्सल + २ मेगापिक्सल मुख्य क्यामरा, ५ मेगापिक्सल सेल्फी क्यामरा
प्रोसेसर: स्न्यापड्रागन ४५०
र्याम: २ जीबी
स्टोरेज: १६ जीबी, मेमोरी कार्ड लाग्ने
ब्याट्री: ४२३० mAh
नेपाली बजार मूल्य: नेरु १५,४९९

 

यसमा तपाईको मत