बजार संक्षेप

युनाइटेड इन्स्योरेन्सको अध्यक्षमा रविभक्त श्रेष्ठ

  नागरिक   2020-01-24

काठमाडौं– युनाइटेड इन्स्योरेन्स कम्पनीको सञ्चालक समिति अध्यक्षमा वरिष्ठ उद्यमी रविभक्त श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । उनी हाल यस कम्पनीको संस्थापक सेयरधनी तथा एनई गु्रपका अध्यक्ष रहेको कम्पनीले जनाएको छ ।
बिमकको संस्थागत सुशासनसम्बन्धी निर्देशिका बमोजिम अध्यक्ष श्रेष्ठले बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंबाट सपथ लिई पदभार ग्रहण गरेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।
अध्यक्ष श्रेष्ठले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन सहायक मन्त्री र नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षको जिम्मेवारीसमेत सम्हालिसकेको जनाइएको छ । 
अध्यक्ष श्रेष्ठले कम्पनीलाई नयाँ उचाइमा पुर्याउन आफू प्रतिबद्ध रहेको बताएका छन् । 
 

यसमा तपाईको मत