बजार संक्षेप

महालक्ष्मी बैंकद्वारा शुक्रराज अस्पतालमा क्यू व्यवस्थापन मेसिन

  नागरिक   2020-01-31

काठमाडौं– महालक्ष्मी विकास बैंक लिमिटेडको कालीमाटी शाखाले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा क्यू म्यानेजमेन्ट (लाम व्यवस्थापन गर्ने) मेसिन जडान गरेको छ । 
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त मेसिन जडान गरिदिएको जनाएको छ । अस्पतालको ८६औं वार्षिकोत्सव समारोहबीच अघिल्लो शुक्रबार प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावलले उक्त मेसिन उद्घाटन गरेको बैंकले जनाएको छ । अस्पतालमा उपचारका लागि आउने बिरामी तथा बिरामी कुरुवालाई सरुवा रोग सर्न सक्ने उच्च सम्भावना देखिएको हुँदा उक्त सम्भावना न्यूनीकरण गर्ने उद्देश्यले बैंकले क्यू म्यानेजमेन्ट उपकरण जडान गरिदिएको हो ।
यो बैंकले १०२ वटा शाखाबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ । उसले आगामी दिनमा पनि शुक्रराज अस्पतालसँग समन्वय गरी संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्यसँग सम्बन्धित विभिन्न कार्यक्रम गर्दै जाने प्रतिवधता जनाएको छ ।            

यसमा तपाईको मत