अटो विशेष

पल्सर एनएस २०० अब एबीएसमा

  नागरिक   2019-10-20

काठमाडौं – हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि., नेपालका लागि दुई पाङग्रे बजाज मोटरसाइकलहरुको एक मात्र अधिकृत वितरकले नयाँ पल्सर एनएस २०० मा एन्टी–लकिङ्ग ब्रेकिङ्ग सिस्टम (एबीएस) ल्याएको जानकारी कम्पनीद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ।
एन्टी–लकिङ्ग ब्रेकिङ्ग सिस्टम दुई पाङग्रे सवारी साधनहरुको सडक सुरक्षाका लागि निकै महत्वपूर्ण बन्दै गइरहेको छ। एबीएसको प्रयोगले चक्का लक हुनबाट जोगाउनुका साथै जोखिमपूर्ण सडकमा चालकलाई सवारी नियन्त्रण गर्दछ । एबीएस भएको सवारी साधन सधैं सुरक्षित हुन्छन् किनकी यसले ब्रेकिङ्ग दुरी कम गर्दछ र जोखिमपूर्ण सडक वा आपतकालिन अवस्थामा मात्र नभएर दैनिक रुपमा समेत सवारी बाइक चिप्लनबाट जोगाउनुका साथै ब्रेक लगाउन पनि एकदमै मद्दत गर्दछ । यसैबीच, यसले सवारी चलाउने क्रममा चोटपटक लाग्न सक्ने सम्भावना न्यून गर्दछ र बाइकको स्थिरता बढाउछ । र, यसले दुर्घटना हुने जोखिम पनि कम गर्ने कम्पनीले जनाएको छ। 
एबीएस भएको पल्सर एनएस २०० को शुरुवाती मुल्य रु ३,३४,९०० मात्र रहेको छ । यो देशभर रहेको बजाजको सबै आधिकारिक शोरुमहरुमा उपलब्ध हुने उक्त जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ। 

यसमा तपाईको मत