अटो विशेष

पल्सर २५०को टिजर सार्वजनिक

  नागरिक   2021-10-20

बजाज अटोले नयाँ पल्सर २५० को टिजर सार्वजनिक गरेको हो। पल्सर २५० को बाहिरी आवरण पल्सरको फ्ल्यागसिप मोडलमा आधारित छ। नयाँ पल्सर २५० मा पुरै एलइडी डिआरएल भने हुनेछ।

त्यस्तै यसमा प्रोजेक्टर हेडल्याम्प छ। इन्जिन सुरक्षाको लागि बाइकमा अलोय ह्विल र बेली प्यान पनि छन्। बाइकमा एबिएससहितको ब्रेकिङ सुविधा छ। यसको दुवै पाङ्ग्रामा डिस्क ब्रेक हुनेछ।

सार्वजनिक टिजरअनुसार पल्सर २५० मा सिंगल सिलिन्डर ओलय कुल्ड इन्जिन छन्। २४९ सिसी डिस्प्लेसमेन्ट भएको उक्त इन्जिनले झन्डै २६ पिएस पावर र २२ एनएम टर्क जेनेरेट गर्ने कम्पनीले बताएको छ।

भारतीय अखबार अटो हिन्दुस्तानका अनुसार भारतीय बजारको लागि नयाँ पल्सर २५० अर्को साता सार्वजनिक हुँदैछ। कम्पनीले अक्टोबर २८ मा आफ्नो २० औं वार्षिकोत्सवको अवसरमा नयाँ बाइक सार्वजनिक गर्न लागेको हो।

कम्पनीले बाइकको पुरै विवरण र मूल्य भने हालसम्म खुलाएको छैन।

यसमा तपाईको मत