अटो विशेष

प्रोटोनको ‘दसैं–दक्षिणा’ योजना

  नागरिक   2021-09-05

प्रोटोनले ‘दसैं–दक्षिणा’ योजना प्रस्तुत गरेको छ। योजना अन्तर्गत ग्राहकले प्रोटोनको सागा र एक्स ७० गाडी खरिदमा ६ लाख रूपैयाँसम्मको अफरयुक्त दक्षिणा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

जस अन्तर्गत कुनै पनि ब्रान्डको पुरानो गाडीसँग नयाँ प्रोटोन साट्दा ५० हजारदेखि दुई लाखासम्म एक्सचेन्ज बोनस प्राप्त गर्न सकिने विज्ञप्तिमा उल्लेख छ। यसैगरी, पूरै पैसा तिरेर नयाँ सवारी किन्ने ग्राहकको लागि ५० हजारदेखि दुई लाखसम्म छुटको व्यवस्था छ। 

योजनामा किस्ताबन्दी सुविधा पनि छ। जसका लागि शंकर ग्रुप अन्तर्गतको जगदम्बा सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडले इन–हाउस फाइनान्सिङको सुविधा प्रदान गर्छ। यी सेवाका अतिरिक्त नयाँ सवारी खरिदमा ग्राहकले विभिन्न पार्टपुर्जा तथा उपकरण सित्तैमा पाउने बताइएको छ। प्रोटोन सागाको ३७ लाख ९९ हजार र प्रोटोन एक्स ७० को ८६ लाखा ९९ हजार रूपैयाँ सुरुआती मूल्य तोकिएको छ। 

यसमा तपाईको मत