बजार संक्षेप

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

  नागरिक   2019-09-16

काठमाडौं– कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।
कार्यक्रममा ग्रान्डी सिटी अस्पताल, नेपाल रेडक्रस, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको सहभागितामा भविष्यमा हुन सक्ने दुर्घटनालाई कसरी न्यूनीकरण गर्ने भन्नेबारे छलफल भएको भएको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 
उक्त कार्यक्रममा ग्रान्डी सिटी अस्पतालका डाक्टर पुष्पराज पौडेलले हृदयघात भएको कसरी थाहा पाउने र थाहा पाएमा कसरी प्राथमिक उपचार गर्न सकिन्छ भन्नेबारेमा जानकारी गराएको जनाइएको छ । 
हृदयघात भएको जानकारी पाउनासाथ प्राथमिक उपचार गर्न सकेमात्र पनि ६० प्रतिशत मानिसलाई बचाउन सकिने र बर्सेनि हृदयघातबाट हुने मृत्युलाई कम गर्न सकिनेबारे कार्यक्रममा छलफल भएको जनाइएको छ । 
 

यसमा तपाईको मत