बजार संक्षेप

बयलबासमा प्रभु बैंक

  नागरिक   2019-12-06

काठमाडौं– प्रभु बैंकले सर्लाहीको ईश्वरपुर नगरपालिका, वडा नम्बर ६, बयलबासमा शाखा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन नगरपालिकाका प्रमुख मनोजकुमार देवकोटाले गरको बैंकले जनाएको छ ।
व्यावसायिक सञ्जाल विस्तारसँगै बैंकिङ पहुँच नपुगेको ठाउँमा शाखा विस्तार गरेर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा सेवा दिन उक्त शाखा विस्तार गरिएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधि, स्थानीय व्यापारी, बुद्धिजीवी, सर्वसाधारण लगायतको उपस्थिति रहेको उल्लेख छ ।
स्थानीयमा बैंकिङ बानी बढाउन तथा सो क्षेत्रको समग्र आर्थिक उन्नतिमा यो शाखाले योगदान गर्ने बैंकले विश्वास लिएको छ । यो प्रभुको एक सय ९९औं शाखा हो । 
    
 

यसमा तपाईको मत