बजार संक्षेप

प्रभुको एक्सटेन्सन काउन्टर विस्तार

    2019-08-22

काठमाडौं– प्रभु बैंकले झापाको दमक नगरपालिकास्थित मालपोत कार्यालय र इलाम मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । 
दमकस्थित मालपोत कार्यालय परिसरमा स्थापित एक्सटेन्सन काउन्टरको मालपोत कार्यालयका प्रमुख चण्डीप्रसाद कोइरालाले तथा इलामस्थित मालपोत कार्यालय परिसरको काउन्टर सोही कार्यालयका प्रमुख केशवकुमार ढकाल र कोष तथा लेखा नियन्त्रण कार्यालयका निमित्त कार्यालय प्रमुख डिकेन्द्रबहादुर थापाले उद्घाटन गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
काउन्टर विस्तारपछि मालपोत कार्यालयमा आउने सेवाग्राहीले उक्त काउन्टरबाट सम्बन्धित मालपोत कार्यालयको खातामा राजस्व रकम जम्मा गरी सरल र सहजरूपमा काम गर्न सक्नेछन् । 
बैंकका दुवै एक्सटेन्सन काउन्टरबाट प्रवाह गरिने बैंकिङ सेवाबाट स्थानीयवासी तथा सेवाग्राहीले गुणस्तरीय बैंकिङ सेवा उपभोग गरी लाभान्वित हुने बैंकको विश्वास छ ।
बैंकले एक सय ९३ शाखा, एक सय ५२ एटिएम तथा २६ एक्सटेन्सन काउन्टरमार्पmत सेवा दिँदै आएको जनाएको छ । 
 

यसमा तपाईको मत