बजार संक्षेप

अब टेलिकमको वेबसाइटबाटै फोन नम्बर हेर्न मिल्ने

  नागरिक   2019-12-23

काठमाडौं– नेपाल टेलिकमको वेबसाइटबाटै आवश्यकता बमोजिम कुनै पनि व्यक्ति तथा संस्थाको स्थानीय टेलिफोन नम्बर थाहा पाउन सकिने भएको छ । 
थाहा नभएका तर सम्पर्क गर्नुपर्ने टेलिफोन नम्बर पत्ता लगाउन हालसम्म १९७ मा फोन गरेर सोध्नुपर्ने व्यवस्था रहेकामा अब कम्पनीको वेबसाइटबाट पनि हेर्न मिल्ने गरी सुविधा उपलब्ध गराइएको हो । 
नेपाल टेलिकमको वेब पेजमार्फत यस प्रकारको पिएसटिएन टेलिफोन सोधपुछ प्रणाली सञ्चालनमा ल्याइएको हो । 
व्यक्तिगत ग्राहकको हकमा व्यक्तिको नामका साथै ठेगाना र जिल्ला लेखेर नम्बर पत्ता लगाउन सकिने पनि कम्पनीले जनाएको छ । त्यसैगरी संस्थागत ग्राहकको हकमा कम्पनीको नाम, ठेगाना र जिल्लाअनुसार टेलिफोन नम्बर प्राप्त गर्न सकिने विज्ञप्तिमा उल्लेख छ । 

विगतमा पनि पिएसटिएन टेलिफोन नम्बर खोज्न कम्पनीको मुख्य वेब पेजमार्फत वेबमा आधारित इन्क्वायरी सिस्टम सञ्चालनमा रहेको थियो । हाल सोही सेवालाई पुनः परिमार्जित रुपमा सञ्चालनमा ल्याइएको टेलिकमले जनाएको छ । कम्पनीका डाटा प्रयोगकर्ताको संख्यामा उल्लेख्य वृद्धि भएका कारण पनि ग्राहकलाई वैकल्पिक माध्यमबाट बिना झञ्झट जुनसुकै बेला सेवा उपलब्ध गराउन यो व्यवस्था गरिएको उल्लेख छ ।
 

यसमा तपाईको मत