बजार संक्षेप

सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण

  नागरिक   2019-11-10

काठमाडौं– नेपाल विज्ञापन संघ (आन) को आयोजना र सामाजिक सुरक्षा कोषको प्राविधिक सहयोगमा ‘सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण कार्यक्रम’ सम्पन्न भएको छ ।
कार्यक्रममा आनका अध्यक्ष रविन्द्रकुमार रिजालले सरकारले ल्याएको सामाजिक सुरक्षा कोषमा सबैले सहयोग गर्नुपर्ने धारणा राखे । कार्यक्रममा सामाजिक सुरक्षा कोषकी निर्देशक तथा प्रवक्ता रमा भट्टराईले सहभागी विज्ञापन एजेन्सीहरुले सामाजिक सुरक्षा कोषको विषयमा राखेका जिज्ञासाको जवाफ दिएकी थिइन् । 
 

यसमा तपाईको मत