अटो विशेष

‘टिभिएस दसैंको दौड’मा सहभागी हुने मौका खुल्यो

  नागरिक   2019-09-13

काठमाडौं– नेपालका लागि टिभिएस टू–ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले आरम्भ गरेको उपभोक्तामुखी प्रवर्द्धन योजना टिभिएस दसैंको दौडले सबैलाई दौडमा निःशुल्क भाग लिने अवसर दिएको छ । 
टिभिएस सोरुममा नगइकनै वा टिभिएस बाइक नकिनेर पनि सहभागी बन्न पाइने गजबको अफर रहेको यस योजनाको एक महत्वपूर्ण पक्ष रमाइलो म्याराथन दौड रहेको कम्पनीले जनाएको छ ।
देशका विभिन्न भागमा यसप्रकारको म्याराथन दौड सञ्चालन गर्ने लक्ष्य बोकेको जगदम्बा मोटर्सले यही भदौ २८ गते काठमाडौंमा पहिलोपटक यो ‘टिभिएस दसैंको दौडअन्तर्गत म्याराथन दौड आयोजना गर्ने भएको छ । रमाइलो दौड नक्सालस्थित बाल मन्दिरबाट सुरु भई सिटी सेन्टर, कमलादी, पुतलीसडक, भृकुटीमण्डप, भद्रकाली, माइतीघर, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, दरबारमार्ग, नागपोखरी हुँदै टिभिएस सोरुम नक्सालमा पुगी समापन हुने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 
सबै उमेर समूहका व्यक्तिले भाग लिन सक्ने यो खुला रमाइलो दौडमा सहभागी हुने सबैजनालाई स्योर सट छुट स्वरुप एक हजार रुपैयाँ प्रदान गरिनेछ भने विजेतामध्ये प्रथमलाई ५० हजार, द्वितीयलाई २५ हजार र तृतीयलाई १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने जनाइएको छ ।
काठमाडौंमा आयोजना गरिन लागेको रमाइलो दौडमा सहभागी बन्न चाहनेले नक्साल, कुमारीपाटी र टेकूमा रहेको टिभिएस सोरुममा गई वा अनलाइनमार्फत वा दौड सुरु हुने दिन नक्साल बाल मन्दिरमै विहान ६ बजे उपस्थित भएर आफ्नो नाम दर्ता गराउन सक्ने कम्पनीले जनाएको छ ।

यसमा तपाईको मत