बजार संक्षेप

एनएमबि बैंकको धनगढी शाखा सञ्चालन

  नागरिक   2020-01-19

काठमाडौँ- एनएमबि बैंक लिमिटेडले चौराहा स्थित धनगढी शाखाको स्थानान्तरण तथा प्रदेश ७ को प्रदेश कार्यालय सञ्चालनमा ल्याएकोे छ। उक्त कार्यालयको समुदघाटन एनएमबि बैंकका सञ्चालकद्धय श्री राजेन्द्र काफ्ले तथा श्री प्रदिपराज पाण्डेले गरे। “सुदूर पश्चिममा अवस्थित उक्त प्रदेशका शाखाहरुमा सहजता प्रदान गर्न र बिकासका अवसरहरुको सिर्जना गरी सबै क्षेत्र र वर्ग सम्म बैकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले उक्त प्रदेश कार्यालयको स्थापना गरिएको जानकारी बैंकद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ।
एनएमबि बैंकका हाल देश भरि १६३ शाखा, १३१ एटीएम, ५ एक्सटेन्सन काउन्टर मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ । बैंकले फाइनान्सियल टाइम्स लन्डनबाट सन् २०१७ र २०१८ मा लगातार दुई वर्षसम्म ‘बैंक अफ द इयर’ सम्मान पाएको छ ।

यसमा तपाईको मत