घरेलु उपकरण विशेष

अब २५ लाख मै डेढ तल्ले घर

    2019-08-19

काठमाडौं- सामान्यत घर बनाउनका लागि जग्गा किन्न र घर बनाउन दुवै उल्लेख्य मात्रामा खर्च लाग्छ । कतिपय मानिसहरुको जग्गा त हुन्छ तर, घर बनाउन मूल्य कति लाग्ने होला भन्ने विषयले नै पिरोल्ने गरेको हुन्छ। अरुले महङ्गोमा घर बनाएको सुन्दा मानिसहरु हतोत्साहित हुने अवस्था पनि हुने गर्छ । तर, सुझबुझ पूर्ण ढंगले सानो घर बनाउँदा कम खर्चमै पनि बनाउन सकिन्छ।

सामान्यतः घर बनाउन कति लाग्ला ? ५० लाख, ७५ लाख वा १ करोड ? तपाईंको डिजाइन र सजावटले यो मूल्यमा तलमाथी गराउँछ । तर, किफायती ढंगले सामान्य घर बनाउँदा सिमेन्ट र इट्टाको मूल्य बढीरहेको भए पनि पनि करिब २५ लाख रुपैंयाँले डेढ तल्लाको साधारण र चिटिक्क परेको घर बनाउन सकिन्छ ।
सो रकममा ३ देखि ४ आना जग्गामा ‘फिनिसिङ’ सहितको राम्रो गुणस्तरको घर निर्माण गर्न सकिन्छ। पछिल्लो समय घर निर्माण गर्दा २० फुटको जग्गा सडकका लागि अनिवार्य छोड्नु पर्ने र भूकम्प प्रतिरोधात्मक मापदण्डको आधारमा घर निर्माण गर्नुपर्ने हुन्छ।

भूकम्प प्रतिरोधात्मक घर ‘डबल टाईडिङ स्ट्रक्चर’को घर निर्माण गर्न यति रकम पर्याप्त हुन्छ। इट्टा, बालुवा र रडको मूल्य बढे पनि २० देखि २५ लाख रुपैयाँले सजिलै इन्जिनियरको मातहतमा घर बनाउन सकिनेछ। यस्तै ‘डबल टाइडिङमा’ बढि रकम लाग्ने भएकाले त्यसको खर्च न्यूनतम ३ देखि ५ लाख रुपैयाँ लाग्ने गर्छ ।

पछिल्लो समय प्रतिवर्ग फिट ३ देखि ४ हजार रुपैयाँ लागत लाग्छ।  त्यस अनुसार ६ सय देखि ७ सय वर्ग फिटमा घर निर्माण गर्दा २४ लाख देखि २८ लाख रुपैयाँ हाराहारी खर्च हुनेछ। घर निर्माण गर्दा चाहिने निर्माण सामाग्री हो, त्यो जति कम पर्यो त्यती सस्तो हुने हो।

मान्छेले एक पटक बनाउने घर गुणस्तरीय नै बनाउन चाहन्छ, त्यस्तो अवस्थामा एउटा कन्सल्टेन्ट राखेर घर निर्माण गर्नेगर्दा सजिलो हुनेछ। मध्यम गुणस्तरको घर बनाउनु पर्दा प्रति वर्ग फिट ३३ सय रुपैयाँ पर्न जान्छ।

यस्तै गुणस्तरीय घर निर्माण गर्दा प्रति स्क्वायर फिट ५ हजार देखि ४२ हजार रुपैयाँ लाग्नेछ। साथै कन्सल्टेन्ट बाटै नक्सा पास तथा डिजाइन गर्न चाहेमा ४० हजार रुपैयाँदेखि ८० हजार रुपैयाँ सम्ममा यो काम कन्सल्टेन्ट आफैंले गरिदिनेछ।

 निर्माण सामाग्रीको मूल्य

हाल ईट्टाको मूल्य ठाँउ अनुसार फरक–फरक पर्ने गरेको छ । पूर्वका उद्योगहरुको उत्पादन प्रति गोटा १८ देखि १९ रुपैयाँ पर्छ भने उपत्यकामा २० देखि २४ रुपैयाँसम्म पर्ने गरेको छ ।
नेपालमा माग र आपूर्तिका आधारमा रडको मूल्य तलमाथि हुने गरेको पाइन्छ । हाल बजारमा ३० ‘एमएम टीएमटी’ रडको मूल्य औसतमा प्रतिकिलोग्राम ९८ रुपैयाँ रहेको छ ।
हाल नेपाली बजारमा ५३ ग्रेडको ५० किलो वजन भएको सिमेन्टको मूल्य ६ सय ५० देखि ८ सय २५ रुपैयाँसम्म रहेको छ । बालुवा प्रतिटिप्पर २५ देखि ३० हजार रुपैयाँ पर्छ । एक टिप्परमा ८ घनमिटर बालुवा हुने गर्छ ।
यस्तै, गिट्टीको मूल्य हाल प्रतिटिप्पर २० हजार रुपैयाँ रहेको छ । कालो रोडा २८ हजार प्रतिटिप्पर रहेको छ । माटोको मूल्य २५ सय रुपैयाँ प्रतिटिप्पर रहेको छ भने बालुवा प्रति टिप्पर २२ हजार देखि २६ हजार रुपैंयाँसम्ममा पाइने गरेको छ।

यसमा तपाईको मत