ग्याजेट विशेष

वाननप्लस सिक्स टि - डिस्प्ले भित्रै फिंगरप्रिन्ट स्क्यानर

  नागरिक   2018-11-05


वानप्लसले ६-६ महिनाको अन्तरालमा नयाँ फ्ल्याग्शिप स्मार्टफोन रिलिज गर्दै आइरहेको छ | अहिलेभन्दा ६ महिना अगाडि वानप्लसले वानप्लस ६ रिलिज गरेको थियो र अहिले वानप्लसले वानप्लस ६T रिलिज गरेको छ | वानप्लसमा भन्दा नयाँ डिजाइन, ठूलो र सुधारिएको एमोलेड डिस्प्ले, सानो नच, ठूलो ब्याट्री र डिस्प्ले भित्र नै फिंगरप्रिन्ट स्क्यानर नै नयाँ वानप्लसका मुख्य विशेषताहरु हुन् | तर यी सबै विशेषताहरु थपिएतापनि वानप्लस ६ मा भएको हेडफोन ज्याकलाई वानप्लस ६T मा आएर हटाइएको छ | यसभन्दा अगाडि रिलिज भएको सम्पूर्ण वानप्लसमा हेडफोन ज्याक थियो र हेडफोन ज्याक समावेश नगरेको भन्दै वानप्लसले अन्य स्मार्टफोन निर्माताहरुको खिल्ली पनि उडाउने गर्दथ्यो | अहिले आएर वानप्लसले नै हेडफोन ज्याक हटाउनु भनेको अचम्म कै कुरो हो |

वानप्लस ६ मा पछाडी क्यामरा मुनि भएको फिंगरप्रिन्ट स्क्यानरलाई अगाडिको एमोलेड डिस्प्ले भित्र राखिएको छ | भिभोले केहि महिना अगाडी यहि खुबी भएको स्मार्टफोन रिलिज गरेको थियो | त्यही डिस्प्लेकै माथि पट्टि पानीको थोपाको आकारको सानो नच राखिएको छ जुन हेर्दा साधारण नचभन्दा निकै आकर्षक छ | पछाडी फ्रस्ट गरिएको सिसाको प्यानल छ जुन हेर्दा चाहिँ सिसाजस्तो नै देखिदैन |

 

प्राविधिक विशेषताहरु:

बनोट: एल्मुनियमको फ्रेम,पछाडीको भाग  ग्लासले बनेको
डिस्प्ले: ६.४१ इन्च अप्टिक एमोलेड डिस्प्ले - २३४०x१०८० रेजोलुसन
मुख्य क्यामरा: १६ मेगापिक्सल + २० मेगापिक्सल
सेल्फी क्यामरा: १६ मेगापिक्सल
प्रोसेसर:  Qualcomm Snapdragon 845, Adreno 630 GPU.
मेमोरी; ६/ ८ जीबी र्याम ; १२८/२५६ जीबी इन्टरनल स्टोरेज
ब्याट्री: ३७०० mAh; निकै फास्ट चार्ज हुने ड्यास चार्ज


वानप्लस ६ कै प्रोसेसर, उस्ता उस्तै क्यामरा र डिजाइन प्रयोग गरिएको यो स्मार्टफोन खासै ठूलो अपडेट चाहिँ होइन | वानप्लस ६ का प्रयोगकर्ताले अपग्रेड गर्नुको कुनै आवश्यकता नै छैन | अझै पनि वानप्लसमा स्टेरो स्पिकर छैन, वाटर प्रूफिंग छैन, वायरलेस चर्जिंग छैन | तर अझै पनि वानप्लस ६T मिडरेन्ज मूल्यमा उच्चस्तरीय स्मार्टफोन खरिद गर्न चाहनेहरुका लागि राम्रो विकल्प रहेको छ |

 

सानो रोमाञ्चक जानकारी

वानप्लस, भिभो, अप्पो र रिअलमी चारवटा नै स्मार्टफोनका ब्राण्डहरु BBK इलेक्ट्रोनिक कर्पोरेसनको सहायक कम्पनीहरु हुन् | हालै रिलिज भएका अप्पो, भिभो, वानप्लस र रिअलमीका स्मार्टफोनहरुको फिचर र डिजाइन मिल्दो जुल्दो हुने कारण पनि यहि नै हो |

 

यसमा तपाईको मत