बजार संक्षेप

वानप्लस ७ प्रोमा एक वर्षसम्मको इन्शुरेन्सको सुविधा

    2019-06-26


काठमाडौँ – परम्परागत प्रविधिलाई चुनौती दिदैँ हालै वानप्लसले आफ्नो नविनतम संस्करण वानप्लस ७ प्रो नेपाली बजारमा भित्र्याएको छ । वानप्लस ७ प्रोमा क्यामेराको अनुभवलाई पुनः परिभाषित गर्ने ट्रिपल क्यामेरा, अप्ग्रेडेड स्क्रिन अनलक टेक्नोलोजी, एकनासको डिस्प्ले लगायतका विशेषताहरु रहेका छन् । वानप्लस ७ प्रोले छोटो अवधिमा नेपाली बजारमा लोकप्रियता कमाउन सफल भएको छ ।  
वानप्लसले ग्राहकहरुलाई अतिरिक्त सुविधा तथा लाभ पुर्याउने उद्देश्यले कुनै पनि वानप्लस ७ प्रो को खरिदमा १ वर्षसम्मको वारेन्टी प्रदान गर्ने भएको छ । साथै वानप्लसमा स्क्रिन टुटेफुटेको अवस्थामा एक वर्षसम्मको इन्शुरेन्स सुविधाको व्यवस्था समेत रहेको छ । वानप्लसले कम लागतमा खरिदपछि पनि गुणस्तरीय तथा जेन्यून उत्पादन प्रदान गर्दछ । यो सबै सेवा पाउँनका लागि तपाईंले भ्याट बिल सहितको जेन्यून उत्पादन खरिद गर्नुपर्ने छ । वानप्लस ७ प्रो देशभर उपलब्ध रहेको छ । 

यसमा तपाईको मत