बजार संक्षेप

सिटिजन्सका अध्यक्ष भण्डारीको शपथ

  नागरिक   2019-09-30

काठमाडौं– सिटिजन्स बैंकका अध्यक्ष राजनसिंह भण्डारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले शपथग्रहण गराएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बैंकको स्थापनाकालदेखि २०७५ पुससम्म प्रमुख कार्यकारी अधिकृत रहेका भण्डारीले चारवर्षे कार्यकालका लागि पदभार ग्रहण गरेकोे बैंकले जनाएकोे छ । 

यसमा तपाईको मत