बजार संक्षेप

एनएमबि बैंकको नयाँ कर्पोरेट अभियान

    2019-07-22

काठमाडौँ- एनएमबी बैंकले ‘हामी देख्छौ अपार संभावना’ को अवधारणा सहित नयाँ कर्पोरेट अभियान आरम्भ गरेको छ । ‘हामी देख्छौं अपार संभावना’ को अवधारणाले यदि कसैले प्रयास गरेमा अरुले सामान्य आँखाले स्पष्ट देख्न नसक्ने सतहभन्दा टाढाका अवसरहरू देख्न सक्ने प्रयासको सकारात्मक अर्थलाई बिम्वित गर्दछ। यसले आत्मविश्वासको भावना उत्पन्न गर्ने प्रयास गर्छ, यस मार्फत् बैंकले मुलुकको असीमित स्रोतसाधनको उपयोग गर्नमा सहायता गर्नेछ, जसको माध्यमबाट सामान्य मानिसलाई सफल तुल्याउन सहयोग गर्न सक्नेछ ।
“यो अभियान ‘हामी देख्छौ अपार संभावना’ को मर्म भविष्यको लागि हाम्रो दूरदृष्टिमा केन्द्रित छ भने यसको व्यवसायिक मुल्यमान्यताको अन्तरंगबाट सृजित भएको छ । एनएमबिसंग प्राप्त अवसरहरुलाई सशक्त बनाउने र जे साधारण देखिन्छ त्यस भन्दा अगाडी देख्ने ऐतिहासिक सामर्थ्य रहदै आएकोछ । हामी दृष्टिगोचर भन्दा अगाडी देख्नमा विश्वास राख्दछौं र त्यो नै हाम्रो सफलताको लागि उत्प्रेरक बन्ने गरेको छ। यो अभियानले हामी सबै नेपालीहरुका लागि नेपालमा प्रशस्त अवसरहरु छन् र एनएमबि ती अवसरहरुलाई सफलतामा परिणत गराउनका लागि सहायता गर्न तत्पर छ भनी सम्पूर्ण सरोकारवालाहरुलाई आश्वस्त तुल्याउन चाहन्छौं ।” बैंकद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

यसमा तपाईको मत