अटो विशेष

निसानको ग्रिन मिसन सेसन

  नागरिक   2021-09-10

विश्व विद्युतीय गाडी दिवसको उपलक्ष्यमा निसान कम्पनीले नेपाल, भुटान र श्रीलंकाको बजारमा विद्युतीय सवारी साधन सहजै उपलब्ध गराउन र भविष्यमा दिगो वातावरणीय स्थिति कायम राख्न भर्चुअल सेसन आयोजना गरेको छ ।

निसानको उद्देश्य यस क्षेत्रको अधिकतम जनताका लागि उपयुक्त सवारी साधन उपलब्ध गराउने सामाजिक आर्थिक लाभ दिलाउने रहेको विज्ञप्तिमा उल्लेख छ । निसानले नेपालका लागि हालै मात्र शून्य प्रदूषणमा आधारित लिफ इभी निसान कार प्रारम्भिक चरणमा विशेष छुट मूल्यमा उपलब्ध गराएको दाबी पनि विज्ञप्तिमा गरिएको छ ।  

यसमा तपाईको मत