बजार संक्षेप

एनआइसी एसियाका न्यौपानेलाई प्रबल जनसेवाश्री

  नागरिक   2019-09-22

काठमाडौं– एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका दिन प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) द्वारा विभूषित गर्ने घोषणा गरेकी छिन् । 
मुलुकको समग्र बैंकिङ क्षेत्रमा न्यौपानेले पु¥याएकोे योगदानको कदर गर्दै नेपाल सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले संविधान दिवस २०७६ को अवसरमा शुक्रबार उक्त पदवी घोषणा गरेको बैंकले जनाएको छ । सरकारले संविधान दिवसका अवसरमा मुलुकका विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तिमध्ये युवा बैंकर न्यौपानेलाई छनोट गरेको हो । 
न्यौपाने नेपालको वाणिज्य बैंकहरुमा हाल कार्यरत प्रमुख कार्यकारी अधिकृतमध्ये सबैभन्दा कम उमेर (३९ वर्ष) का छनु । नेपालको दुर्गम तथा ग्रामीण जिल्ला रसुवामा जन्मेका न्यौपाने चार्टर्ड एकाउन्टेन्ट समेत हुनु । विद्यालय शिक्षा रसुवा जिल्लाको तत्कालीन धैवुङ गाविसमा पर्ने कालिका हिमालय उच्च माध्यमिक विद्यालयबाट सम्पन्न गरेका उनले कम उमेरमै बैंकिङ क्षेत्रमा अभूतपुर्व सफलता हासिल गर्न गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ । 
 

यसमा तपाईको मत