अटो विशेष

नयाँ सवारी दर्ता गर्ने प्रक्रिया

  नागरिक   2018-04-02

नयाँ सवारी खरिद गरिसके पछि सो सवारी सडकमा चलाउनु अगाडी नै दर्ता गरिसकेको हुनुपर्छ । ग्राहकलाई सजिलो होस् भनेर दर्ता गर्ने प्रक्रियामा सवारी बेच्ने डिलरले सहयोग गर्दछ । तर तपाईले स्वयं सवारी दर्ता गर्न चाहनुहुन्छ भने यी प्रक्रिया पुरा गर्नु पर्छ।

ख्याल गर्नु पर्ने कुराहरु:   

अ.विदेशबाट सवारी पैठारी गर्ने व्यक्ति वा कम्पनीले सवारी खरिद गरेको निस्सा र सम्बन्धित कागजातहरु जाचँबुझ गराई प्रवेश दर्ताको लागि सम्पूर्ण जानकारी नेपालभित्र प्रवेश गर्ने स्थानमा रहेको प्रहरीलाई दिनु पर्छ। यसरी भन्सार तिरी ल्याएको १५ दिन भित्रमा सवारी साधन दर्ता गरिसक्नु पर्नेछ।

आ.एक स्थानमा दर्ता भएको सवारी अर्को स्थानमा एक वर्ष भन्दा बढीका लागि प्रयोग गर्नु परेमा चालकले नजिकको प्रहरी कार्यालयमा जानकारी दिनु पर्ने हुन्छ। 

इ. सवारी धनीले अधिकार प्राप्त अधिकारिको स्वीकृति नलिई सवारीको रंग, सिट संख्या, स्वरूप, इन्जिन र चेसीसमा परिवर्तन गर्न पाउने छैन।

सवारी दर्ता गर्दा लाग्ने शुल्क, सवारीको कर र सडक मर्मत सम्भार दस्तुर यस प्रकार रहेको छ :

सवारी

निजी

सार्वजानिक

ठूला

रु ९००/-

रु १५००/-

मझौला

रु ६००/-

रु १०००/-

कार, जिप

रु ४५०/- रु ७५०/-

मोटरसाइकल, स्कुटर

रु १५०/-

रु २५०/-

 


सडक निर्माण तथा सम्भार दस्तुर :

सवारी साधनको किसिम

दस्तुर

 क)      कार, जिप, भ्यान, माइक्रोबस, ट्रक, टिपर, ट्रकमिक्स्चर, मिनीबस, मिनीट्रक, मिनीटिपर    

   मूल्यको सात प्रतिसत    

 ख)     मोटरसाइकल प्रति थान:

 

 अ.  १२५ सिसिसम्मको

रु १०,०००/-

 आ.  १२६ सिसि देखि २५० सिसि सम्मको

रु १२,०००/-

 इ. २५१ सिसि देखि ४०० सिसि सम्मको

रु १५,०००/-

 ई.  ४०१ सिसि र सोदेखि माथि

रु २०,०००/-



सवारी साधन कर:

     सवारीको किसिम   

वार्षिक कर दर   

      क)  कार, जिप, भ्यान, माइक्रो बस

 

       अ.   १००० सिसि सम्म

रु १९,०००/-

       आ.  १००१ देखि १५०० सिसि सम्म

रु २१,०००/-

        इ.   १५०१ देखि २००० सिसि सम्म

रु २३,०००/-

       ई.   २००१ देखि २५०० सिसि सम्म

रु ३२,०००/-

       उ.   २५०१ देखि २९०० सिसि सम्म

रु ३७,०००/-

      ऊ.  २९०१ देखि माथि सबै

रु ५३,०००/-

   ख)  डोजर, एक्साभेटर, लोडर, रोलर, टिपर, क्रेन जस्ता मेशिनरी उपकरण र मिनीपिटर            

 

      अ. डोजर, एक्साभेटर, लोडर, रोलर, टिपर, क्रेन जस्ता मेशिनरी उपकरण

रु ३५,०००/-

      आ.  मिनीपिटर

रु २५,०००/-

   ग)  अटो रिक्सा, थ्री ह्वीलर, टेम्पो, ट्रेक्टर र पावर टिलर

 

      अ.  अटो रिक्सा, थ्री ह्वीलर, टेम्पो

रु ५०००/-

      आ. ट्रेक्टर

रु ४,०००/-

       इ. पावर टिलर

रु ३,०००/-

     घ)   मिनिट्रक / मिनिबस

रु २२,०००/-

     ङ)   ट्रक /बस

रु ३०,०००/-

    च)  मोटरसाइकल:

 

      अ.   १२५ सिसिसम्मको

रु २,५००/-

     आ.  १२६ सिसि देखि २५० सिसि सम्मको

रु ४,०००/-

      इ.  २५१ सिसि देखि ४०० सिसि सम्मको

रु ८,०००/-

     ई.   ४०१ सिसि र सोभन्दा माथिको

रु १५,०००/-

 

यसमा तपाईको मत