बजार संक्षेप

सुबिसुको नयाँ प्याकेज

  नागरिक   2020-02-17

काठमाडौं– केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको छ । यस अफरअन्तर्गत सेवाग्राहीले २५ एमबिपीएस इन्टरनेट र फुल एचडी प्याकेज (२७५ प्लस च्यानल, ९५प्लस एचडी) २६ सय ५४ रुपैयाँमै प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
जारी मूल्यमा जडान शुल्क पनि समावेश छ । साथै इन्टरनेट र क्लियर टिभीमा पनि विशेष अफर रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ । ६ दिनसम्म चल्ने क्यानमा सुबिसुले आफ्ना सेवाग्राहीको सुविधाका निम्ति ग्राहक सहायता कक्षसमेत राखेको जनाएको छ । 
 

यसमा तपाईको मत