ग्याजेट विशेष

एप्पल आइफोनका ३ नयाँ मोडलहरु

  नागरिक   2018-09-13

एप्पलले यस वर्ष तीन वटा नयाँ आइफोनका मोडलहरु रिलिज गर्ने भएको छ - आइफोन XS, आइफोन XS MAX र आइफोन XR | गत वर्ष एप्पलले बेजेल कम र नच भएको र होम बटन नभएको आइफोन X रिलिज गरेको थियो र यस वर्ष रिलिज हुने तीन वटै आइफोनको डिजाइन आइफोन X संग मिल्दो छ |  सबै आइफोनहरुमा iOS १२ राखिएको हुनेछ |

आइफोन XS MAX र आइफोन XS

६.५  इन्चको AMOLED  डिस्प्ले भएको आइफोन XS MAX अहिले सम्म कै सबैभन्दा ठूलो डिस्प्ले भएको आइफोन हो |  आइफोन X को जस्तै डिजाइनमा आधारित भएर बनाइएको यस आइफोनको साइज गत वर्षको आइफोन ८ प्लस संग मिल्दो छ | यसर्थ डिस्प्ले ठूलो भए पनि आइफोनको सरदर साइज भने बढेको छैन |

आइफोन XS मा भने आइफोन X कै डिजाइन र त्यही ५.८ इन्चको AMOLED डिस्प्ले प्रयोग गरिएको छ | यसर्थ, आइफोन XS हेर्दामा ठ्याक्कै आइफोन X जस्तै छ | आन्तरिक हार्डवेयर र फिचर भने आइफोन XS MAX संग मिल्दो छ |

आइफोन XS र आइफोन XS MAX दुवैमा भएका मुख्य विशेषताहरु यस्ता छन् :

 

  • दुईवटा १२ MP को मुख्य क्यामरा राखिएको छ जस मध्ये एउटाले चाहिँ जुमको लागि सहयाता पुर्याउने छ
  • ७ MP को फ्रन्ट सेल्फी क्यामरा
  • धेरै सुधारिएको AMOLED डिस्प्ले
  • IP68 धुलो र पानी प्रतिरोधी
  • HDR डिस्प्ले
  • पहिलेको भन्दा फास्ट FaceID
  • एप्पलको नयाँ र पहिलेको भन्दा १५% फास्ट भएको Apple A12 Bionic प्रोसेसरको प्रयोग
  • ६४ ,२५६ र ५१२ GB मोडल मा उपलब्ध र ४ GB RAM को प्रयोग
  • eSIM को प्रयोगबाट दुईवटा सिमको प्रयोग गर्न मिल्ने
  • टच रेस्पोन्सलाई ६० Hz बाट बढाएर १२० Hz बनाइएको  - यसर्थ नयाँ आइफोनहरुमा द्रुत टच रेस्पोन्स हुने
  • यी आइफोनहरु सिल्भर, स्पेस ग्रे र गोल्ड गरि तीनवटा रंगमा उपलब्ध हुनेछ |

 

आइफोन XR

एप्पलले रिलिज गरेका आइफोनहरु मध्ये आइफोन XR सस्तो मोडलको आइफोन हो | आइफोन XS र XS MAX को जस्तो आइफोन XR मा AMOLED डिस्प्ले र डबल क्यामरा राखिएको छैन | यसमा ६.१ इन्चको LCD डिस्प्ले राखिएको छ जसको रेजोलुसन अरु दुई मोडलभन्दा निकै कम छ | अन्य दुई मोडलमा जस्तो दुईवटा मुख्य क्यामराको पनि प्रयोग भएको छैन | आइफोन XR मा 3D टच राखिएको छैन |

  • ६.१ इन्चको LCD डिस्प्ले
  • सिङ्गल १२ MP क्यामरा र ७ MP सेल्फी क्यामरा
  • पहिलेको भन्दा फास्ट FaceID
  • नयाँ र फास्ट Apple A12 Bionic प्रोसेसरको प्रयोग
  • ६४, १२८ र २५६ GB का मोडलमा उपलब्ध र ३ GB RAM को प्रयोग
  • टच रेस्पोन्सलाई ६० Hz बाट बढाएर १२० Hz बनाइएको - यसर्थ नयाँ आइफोनहरुमा द्रुत टच रेस्पोन्स हुने
  • आइफोन XR निलो, कालो, पहेलो, कोरल र रातो रंगहरुमा उपलब्ध हुने छ |
  • IP67 धुलो र पानी प्रतिरोधी

 

अन्य कुरा

  • USB C को प्रयोग गरिएको छैन | यस मोडलमा पनि एप्पलले आफ्नै र पहिलेबाट प्रयोग हुदैँ आएको पोर्ट प्रयोग गरेको छ |
  • यी तीन आइफोनमा हेडफोन ज्याक छैन र एप्पलले  हेडफोन ज्याकको डोंगल पनि बक्समा  दिने छैन |
  • एप्पलले आफ्नो वेबसाइटबाट पुरानो आइफोन X,आइफोन 6S प्लस र आइफोन SE लाई हटाएको छ जसले गर्दा यी फोनहरु अब नयाँ किन्न अफ्ट्यारो हुने छ |
  • सबै तीन आइफोनमा Qi वायरलेस चर्जिंग राखिएको छ तर फास्ट चार्जका लागि भने एप्पलबाट छुट्टै चार्जर किन्नु पर्ने हुन्छ - बक्समा उपलब्ध चार्जरले फास्ट चार्ज हुदैन |

मूल्य:

एप्पलको वेबसाइट अनुसार अमेरिकाका लागि मूल्य यस प्रकार रहेको छ | स्मरण रहोस् नेपालमा उपलब्ध हुँदा तोकिने मूल्य र तल दिईएको मूल्यमा धेरै भिन्नता हुने छ |

मोडल ६४ GB
आइफोन XS MAX $१०९९
आइफोन XS $९९९
आइफोन XR $७४९


 

 

 

तस्विर : The Verge र Apple





 

 

 

यसमा तपाईको मत