बजार संक्षेप

एभरेष्ट बैंकको नयाँ शाखा ललितपुरको सानोगाउँमा

  नागरिक   2020-01-29

काठमाडौं – नेपालभर १० लाख भन्दा बढि सन्तुष्ट ग्राहकका साथ ९५ स्थानीय संजाल, ३ एक्सटेन्शन काउन्टर, ३० राजस्व संकलन काउन्टर, १२२ एटिएमसहित मजबुत सेवा प्रदान गदै आईरहेको एभरेष्ट बैंकले आफ्नो सेवा विस्तारको क्रमलाई निरन्तरता दिँदै ललितपुरको सानोगाउँमा ९५औं नयाँ शाखा खोलेको जानकारी बैंकद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ।
ललितपुरको महालक्ष्मी नगरपालिका सानोगाउँमा ९५औं शाखा यसै नगरपालिकाका मेयर श्री रामेश्वर श्रेष्ठ र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत श्री गजेन्द्र कुमार नेगीले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका थिए। बैंकको यस नयाँ शाखा उद्घाटन समारोहमा बैंकका उच्च अधिकारीहरु लगायत विभिन्न प्रतिनिधिहरु र ठुलो संख्यामा स्थानीयको समेत उपस्थितिमा रहेको थियो ।
सानागाउँका बासिन्दाहरुले अब आफ्नो घर ठाँउमा शाखामार्फत आधुनिक बैंकिङ्ग सुविधा प्राप्त गर्न सक्नेछन् । साथै ग्राहकहरुले पूर्ण बैंकिङ्ग सुविधाको लाभ लिन पनि सकिने जानकारी उक्त जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ। 
 

यसमा तपाईको मत