बजार संक्षेप

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

  नागरिक   2020-02-16

काठमाडौँ- समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको सुनवलमा आफ्नो शाखा संचालनमा ल्याएको छ। आज एक कार्यक्रमका बीच सिभिल बैंकका संचालक समितिका सदस्य भिमानन्द ढुंगाना तथा सुनवल नगरपालिकाका मेयर भिम बहादुर थापाले संयुक्त रुपमा सिभिल बैंक लिमिटेडको सुनवल शाखाको समुद्घाटन गरेको जानकारी बैंकद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ।
     
सोही अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कैलाशेश्वर शिवालय मन्दिरमा संचालित श्री जेष्ठ नागरिक दिवा सेवा कार्यक्रमको सहयोगार्थ एक थान फ्रिज प्रदान गरीयो । सो फ्रिज सिभिल बैंकका संचालक समितिका सदस्य भिमानन्द ढुंगानाद्वारा श्री कैलाशेश्वर शिवालय तथा १०८ शिवलिङ्ग संरक्षण संस्थाका अध्यक्ष गोपाल प्रसाद आचार्यलाई प्रदान गरियो ।
         

सुनवल शाखा उद्घाटन गर्दै शुभकामना मन्तव्य दिने क्रममा उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा सुनवल नगरपालिकाका मेयर भिम बहादुर थापाले सुनवलमा शाखा स्थापना गरेकोमा सिभिल बैंकलाई धन्यवाद दिए र नगरवासीलाई आफुलाई आवश्यक पर्ने  पुँजीको लागि बैंकबाट कर्जा लिन आग्रह गरे  तथा आफुसंग भएको सानो सानो पुंजीलाई पनि बैंकमा राखी निर्धक्क भई ब्याज आर्जन गर्न पनि आग्रह गरेको जानकारी उक्त जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ।


 

यसमा तपाईको मत