बजार संक्षेप

नेपाल टोस्टमास्टर्सको वार्षिक सम्मेलन

  नागरिक   2019-12-16

काडमाडौं– नेपाल टोस्टमास्टर्सको वार्षिक सम्मेलन सम्पन्न भएको छ । उक्त सम्मेलनमा देशभरका तीन सय ५० जना सदस्यले ३० वटा क्लबको प्रतिनिधित्व गरेकोे जारी विज्ञप्तिमा उल्लेख छ । 
उक्त अवसरमा नेपाल टोस्टमास्टर्सले कृष्णा ताम्राकारलाई कम्युनिकेटर अवार्ड २०१९ प्रदान गरेको जनाएको छ । 
इभ्यालुएसन प्रतियोगिताको विजेता कुसुम टोस्टमास्टर्स क्लबबाट प्रिया चापागाईं भएकी छिन् भने ह्युमरस स्पिच कन्टेस्टकी विजेता लक्ष्मी बैंक टोस्टमास्टर्स क्लबकी कुष्मा केसी भएकी छिन् । यी दुवै एरिया ए५ का टोस्टमास्टर्स हुन् । यी दुवै विजेता भारतको नयाँ दिल्लीमा मे २०२० मा आयोजना हुने डिस्ट्रिक लेबल कन्टेस्टमा सहभागी हुने जारी विज्ञप्तिमा उल्लेख छ । 
 

यसमा तपाईको मत