बजार संक्षेप

नेपाल टेलिकम पोखरा लिगको सह–प्रायोजक

  नागरिक   2019-12-15

काठमाडौं– नेपाल टेलिकमले पोखरा प्रिमियर लिग (पिपिएल) को सह–प्रायोजक गरेको छ । आगामी पुस १२ गतेसम्म चल्ने पिपिएलका १५ लिग, एक–एक क्वालिफायर र फाइनल गरी १७ खेलमा सहभागी खेलाडीलाई कम्पनीले विभिन्न सम्मान र गिफ्ट प्याकेज उपलब्ध गराउने जारी विज्ञप्तिमा उल्लेख छ ।
लिगका प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई कम्पनीले ‘नेपाल टेलिकम म्यान अफ द म्याच’ उपाधि प्रदान गर्नेछ । ती खेलाडीलाई पुरस्कारका रुपमा १२ जिबीको डाटा प्याक र कम्पनीको नेटवर्कमा कल गर्न सकिने गरी ११ सय मिनेटको टक भ्यालु भएको भ्वाइस प्याक उपलब्ध गराइने छ । 
त्यसैगरी प्रत्येक खेलका एकजना खेलाडीलाई ‘गेम चेन्जर अफ द डे’ उपाधि प्रदान गरिने छ । ती खेलाडीलाई १२ जिबी डाटा र चार सय ९० मिनेट टक भ्यालु भएको भ्वाइस प्याक उपलब्ध गराइने छ । 
एकजना खेलाडीलाई ‘एनटी फोरजी फास्टेस्ट बलर अफ द टुर्नामेन्ट’ उपाधि प्रदान गरिने छ । ती खेलाडीलाई एक सय ४४ जिबी डाटा प्याक र पाँच हजार आठ सय ८० मिनेटको भ्वाइस प्याक उपलब्ध गराइने छ । 


                                                                                                                  

यसमा तपाईको मत