बजार संक्षेप

नेपाल इन्भेस्टमेन्ट बैंकद्वारा जेबिल्स फाइनान्स लि. प्राप्ती

    2019-07-16

काठमाडौँ- नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (NIBL)ले जेबिल्स फाइनान्स लिमिटेडको सफल प्राप्ति पश्चात आफ्नो संयुक्त कारोबार प्रारम्भ गरेको छ, यस प्राप्तिपश्चात बैंकको चुक्ता पुँजी वृद्धि भइ रु १२.८९ अर्ब पुगेको छ, जुन निजी क्षेत्रका वाणिज्य बैंकहरूमध्ये सर्वाधिक हो । हाल बैंकको कुल निक्षेप रु १४७ अर्ब र कुल कर्जा रु १३२ अर्ब रुपैयाँ पुगेको छ । 
राजधानीको प्युखा, न्युरोडमा नवस्थापित ८१ औं शाखाको शुभारम्भ गर्दै नेपाल इन्भेस्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत श्री ज्योति पाण्डेले बैंकले आगामी आर्थिक वर्ष पनि मर्जर तथा एक्विजिसन 
(प्राप्ति)लाई आफ्नो रणनीतिक योजनाको हिस्साका रूपमा रहने संकेत गरेका थिए।

यसमा तपाईको मत