बजार संक्षेप

नेपाल इन्भेष्टमेण्ट बैंक लि.को  विशेष साधारण सभा

    2019-06-21

काठमाडौँ-  नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले जेबिल्स फाईनान्स लि.लाई प्राप्ति गर्नको लागि विशेष साधारण सभाको आयोजना गरी विशेष प्रस्ताव पारित गरेको छ । शुक्रबार आयोजित विशेष साधारण सभा मार्फत विशेष प्रस्ताव पारित गरिएको हो । 
हाल नेपाल इन्भेष्टमेण्ट बैंकको चुक्ता पूंजी रु १२.५९ अर्ब र जेबिल्स फाईनान्स लि.को चुक्ता पूंजी रु ०.८४ अर्ब भएकोमा जेबिल्स फाईनान्स लि.को रु. १०० को एक शेयर बराबर रु. ३३ प्रदान गर्ने प्रस्ताब पारित भए मुताबिक जेबिल्स फाईनान्स लि. प्राप्तिपछि एनआईबिएलको चुक्ता पूंर्जी रु १२.८७ अर्ब पुग्ने छ ।  
जेबिल्स फाईनान्स लि.को प्राप्तिपछि बैंकको कुल निक्षेप १ सय ४७ अर्ब रुपैयाँ पुग्ने छ भने कूल कर्जा १ सय ३२ अर्ब  रहने छ । जेबिल्स फाईनान्स लि.को प्राप्तिपछि पनि बैंकमा संस्थापक पक्षको स्वामित्व ६९ प्रतिशत र सर्वसाधारणको ३१ प्रतिशत नै रहनेछ । 
जेबिल्स फाईनान्स लि.को प्राप्तिपछि पनि एनआईबिएलको हालकै संचालक समिति तथा प्रमुख कार्यकारी अधिकृत कायम रहने छ ।
हाल बैंकले काठमाण्डौं उपत्यका भित्र २३ तथा उपत्यका बाहिर ५७ वटा शाखा संचालनमा ल्याएको छ । 
सात वटै प्रदेशका विभिन्न स्थानमा खोलिएका शाखा, एक सय ११२ वटा एटिएम तथा १४ वटा एक्सटेन्सन काउन्टर, १० वटा राजश्व संकलन केन्द्र, ४९ वटा शाखारहित बैंकिङ सेवामार्फत बैंकले आफ्ना ग्राहक सन्तुष्टीलाई उच्चतम स्थान दिइरहेको छ ।

यसमा तपाईको मत