बजार संक्षेप

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लगानी सुरु

    2019-08-19

काठमाडौं– नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आफ्नो लगानीको सुरुवात कास्कीको माछापुच्छ्रे र सर्दीखोला गाउँपालिकास्थित ३२ मेगावाट  उत्पादन क्षमतको करुवा सेती हाइड्रोपावर परियोजनाबाट गरेको छ । 
बैंकले अहिले आफ्नो अगुवाइ तथा हिमालयन बैंकको सहअगुवाइ र सानिमा बैंक सदस्य रहेको सहवित्तीयकरण सम्झौता गरी उक्त परियोजनाबाट लगानी  सुरु गरेको विज्ञप्तिमार्फत जनाएको छ । कुल परियोजना लागत पाँच अर्ब ८० करोड रुपैँयाँ रहेको उक्त परियोजनामा यस बैंकको अगुवाइमा सहवित्तीयकरण समेत गरी चार अर्ब ६ करोड रुपैयाँ कर्जा प्रवाह हुने उल्लेख छ ।
बैंकले जलविद्युत्, सौर्य ऊर्जा, होटल, रिसोर्ट, फनपार्क, केबलकार, शिक्षा, स्वास्थ्य लगायत अन्य विभिन्न पूर्वाधार परियोजनाको पहिचान एवं अध्ययन सम्पन्न गरिसकेको र उक्त परियोजनामा निकट भविष्यमै लगानी विस्तार गर्ने योजना रहेको जनाएको छ । 
 

यसमा तपाईको मत