बजार संक्षेप

नेपाल फाईभ पी प्रदर्शनि हुदैं

  नागरिक   2019-12-15

काठमाडौँ- नेपाल फाईभ पी नेपाल अधिराज्यभर रहेका प्लास्टिक, पेपर, प्रिन्टिङ्, प्याकेजिङ्ग र प्रोसेसिङ् संग सरोकार राख्ने व्यापार व्यवसायहरुलाई एकै ठाँउ ल्याएर ब्यापार साझेदारि, नविनतम प्रविधी प्रदर्शन र संवाद गर्न साझा मंच प्रदान गर्ने एक मात्र उधोग  ( व्यापार विषेश अन्तराष्ट्रिय प्रदर्शनी हो। 

उक्त प्रदर्शनी मार्फत ति पाँच बिधामा संचालन भएका उध्योग र व्यापार व्यवसायहरलाई निर्यात नयाँ अवसरहरु, नविनतम प्रविधिसंग सात्क्षात्कार गराउनुका साथै बिभिन्न उध्योगहरुबिच प्रविधि साटासाट र सहकार्य गर्न प्रोत्साहित गरिने जानकारी कम्पनीद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ। 

नेपाल सार्क क्षेत्रमा द्रुत गतिमा बढिरहेको बजार हो। यस प्रदर्शनिले हजारौंको संख्यामा रहेका प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ् र प्रोसेसिङ् का खरिदकर्ता र यसै क्षेत्रका निर्णयकर्ताहरुलाई एकै ठाँउमा उभ्याउदै बितरक र खरिदकर्ता बिचको सिधा सम्पर्क प्रवर्दन गर्ने आयोजकले विश्वास लिएको छ।

भारतको पिएचडि च्याम्बर अफ कमर्स, नेपाल च्याम्बर अफ कमर्स, स्क्रिन प्रिन्टिङ् असोसिएसन अफ ईन्डिया र कोरुगेटेड बक्सेस म्यानुफ्याक्चरर्स असोसिएसन अफ नेपाल यस नेपाल फाईभ पी एक्सपोलाई सफल पार्न सहयोगी भुमिकामा रहेका छन। 

नेपालमा कच्चा पदार्थको प्रमुख निर्यातकर्ता भारत भएकाले पनि भारतबाट आएका १०० भन्दा बढि कम्पनिहरुले चाईना, ताईवान, जर्मनी, ईटाली र नेपालका अन्य ५० कम्पनिहरुसंगै प्रदर्शनि गर्ने गर्छन। 

छिमेकी मुलुकहरुबाट मात्र नभई योरोप, अफ्रिका र अन्य एशियाली मुलुकहरुबाट प्रदर्शकहरुको सहभागिता रहेने यस प्रदर्शनीलाई अन्तराष्ट्रिय स्तरको कार्यक्रमको रुपमा विकास गर्न सक्नु गर्वको बिषय भएको बताउदै यस बर्षको नारा “बिल्डिङ नेपाल टुगेदर फर अ ब्राईटर टुमरो” लिएर नेपाल फाईभ पी प्रदर्शनीको तयारी अगाडि बढाईदै गरेको जानकारी उक्त जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ। 

यस प्रदर्शनिमा प्लास्टिक प्रोसेसिङ् मसिनरीका उत्पादकहरु, स्क्रिन प्रिन्टिङ्, कन्टेनर, बिब कक, ईन्डक्सन मोल्डिङ् मसिन, प्रिन्टिङ् मसिन, टेप, प्लास्टिक हिटर, अफिस स्टेशनरी मसिनरी, प्रिन्टिङ् स्पेर पार्टस, पेपर मसिनरी, पेपर कप मसिनरी, सबै खालका कागज र स्पेर पार्टस, सिलाई मसिनका उत्पादकहरु, प्याकेजिङ् मसिनरी, र्याप फिल्म उत्पादक, लेबल उत्पादक, कोरुगेटेड बक्स उत्पादक र अन्य थुप्रै उत्पादकहरुको सहभागिता रहने छ। 

“सप्लायर्स र उत्पादकहरुको साझा मंच मात्र नभएर नेपाल फाईभ पीले समृद्द नेपालको रेखांकनमा पनि उत्तिकै योगदान पुर्याउन संसार भरिका उत्कृष्ट प्रविधि र प्रयासहरुलाई भित्राउने छ”, नेपाल फाईभ पि एक्स्पो का आयोजक, फिउचरेक्स ट्रेड फेयर एण्ड ईभन्टस् प्रा लि, ईन्डिया र मिडिया स्पेस सोलुसन्स प्रा लि नेपालले संयुक्त रुपमा दावि गरेका छन।

सबै विधाका प्रिन्टिङ, प्लास्टिक, पेपर , प्याकेजिङ् र प्रोसेसिङ् उध्योगले आफ्नो सहभागिता जनाए पनि उच्च कोटिका ब्रान्डहरु जस्तै गुरुचरन ईन्डस्ट्रिज, निलगिरी मसिनरीज, जेके पेपर लि, ए के आर ईन्डस्ट्रिज, एन ए पि एच ग्राफिक्स, जेन सिल्क, नर्थ पोईन्ट प्याकेजिङ्, स्विस प्याक प्रा लि, ओरियन्ट माईक्रो एब्रेसिभस् लि, हेक्सा प्लास्ट को सहभागिताले यस प्रदर्शनी को महत्व चित्रित जानकारी गराएको छ। 
 

यसमा तपाईको मत