बजार संक्षेप

खोकनामा नेपाल बंगलादेश बैंक

  नागरिक   2019-09-15

काठमाडौं– नेपाल बंगलादेश बैंकले ललितपुरको खोकनामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । 
उक्त शाखाको उद्घाटन संघीय संसद् सदस्य पम्फा भुसालले गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 
बैंकले उक्त क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले शाखा विस्तार गरेको जनाएको छ । सो शाखाबाट ग्राहकले सबै प्रकारका निक्षेप, कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ सेवा प्राप्त गर्न सक्ने बताइएको छ । बैंकले ९५ शाखा, सात एक्सटेन्सन काउन्टर र ७९ एटिएमबाट सेवा दिइरहेको जनाएको छ । 
 

यसमा तपाईको मत