बजार संक्षेप

नेपालगन्जमा एनसेल सेन्टर

  नागरिक   2019-11-22

काठमाडौं– एनसेल प्राइभेट लिमिटेडले ग्राहक सेवालाई थप सहज तथा परिस्कृत बनाउँदै नेपालगन्जको पुष्पलाल चोकमा बिहीबार नयाँ सुविधासम्पन्न नयाँ एनसेल सेन्टर सञ्चालन माल्याएको छ । 
एनसेलका प्रमुख प्रविधि अधिकृत अदिल इसरारले उक्त सेन्टरको उद्घाटन गरेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
उक्त सेन्टरको प्रारुप कम्पनीको नयाँ ब्रान्ड बाचा ‘आज, भोलि, सधैं सँगै’ अनुरुप रहेको र ग्राहकलाई एकै स्थानबाट सम्पूर्ण सेवा प्रदान गर्न सक्षम रहेको एनसेलले जनाएको छ । 
नयाँ सेन्टर उद्घाटनको अवसरमा कम्पनीले आकर्षक योजना पनि ल्याएको छ । यो योजना अन्तर्गत मंसिर ७ गतेसम्म नेपालगन्ज सेन्टरबाट सिमकार्ड खरिद गर्ने ग्राहकले एक जिबी डेटा भोलुम निःशुल्क पाउने कम्पनीले जनाएको छ । प्राप्त डेटा भोलुम तीन दिनको लागि मान्य हुनेछ । यसका साथै मंसिर ७ गतेसम्म उतm सेन्टरबाट कारोबार गर्ने हरेक ग्राहकले उपहार पनि पाउने कम्पनीले जनाएको छ ।  
त्यसैगरी, ग्राहकले यस सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड गर्न, सिम तथा मोबाइल नम्बर परिवर्तन गर्न, सियुजी नम्बर र बिज प्लान बदल्न, अन्तर्राष्ट्रिय रोमिङ सुचारु गर्न, बिल तिर्ने, रिचार्ज कार्ड खरिद र ब्यालेन्स ट्रान्सफर गर्न लगायत अन्य सम्पूर्ण ग्राहक सेवा प्राप्त गर्न कम्पनीको विज्ञप्तिमा उल्लेख छ । 
 

यसमा तपाईको मत