बजार संक्षेप

एनसेलले ल्यायो आकर्षक ‘मेरो प्लान’

  नागरिक   2019-09-18

काठमाडौं– एनसेलले आफ्ना प्रिपेड ग्राहकका लागि नयाँ योजना सार्वजनिक गरेको छ ।
अझ सुलभ दरमा डेटा, भ्वाइस र एसएमएस सेवाबाट फाइदा लिन सक्ने जनाउँदै कम्पनीले बुधबार (असोज १) देखि लागू हुने गरी योजना सार्वजनिक गरेको जनाएको छ ।
योजना अन्तर्गत प्लान एक सय ९९, प्लान दुई ९९, प्लान चार सय ९९, प्लान सात सय ९९ र प्लान नौ सय ९९ गरी पाँचवटा प्लान रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यसबाहेक, यी प्लानअन्तर्गत ग्राहकले अन नेट अर्थात एनसेल नेटवर्क भित्र भ्वाइस र एसएमएस सेवा पनि अझ सुलभ दरमा लिन सक्नेछन् । यो योजनाको प्रमुख विशेषता भनेको प्रत्येक प्लानमा बन्डलिङ गरिएको डेटा प्याक सकिएपछि मेन ब्यालेन्स नकाटी आफैं डेटा बन्द हुने सुविधा हो र ग्राहकले तत्काल मेरो प्लान प्रयोगकर्ताहरुका लागि विषेश रुपमा तयार गरेको थप डेटा प्याक लिई सेवाको प्रयोग गर्न सक्नेछन् । 
ग्राकहले करसहित दुई सय ५४ रुपैयाँमा एक जिबी डेटा भोलम र करसहित १.२८ रुपैयाँ प्रतिमिनेटमा एनसेल नेटवर्कभित्र कल गर्न सकिने प्लान एक सय ९९ रुपैयाँमा लिन सकिने कम्पनीको भनाइ छ । यसका साथै प्लान अन्तर्गतको डेटा भोलम समयावधि अगाडिनै सकिएमा ग्राहकले करसहित मात्र ८९.३८ रुपैयाँमा थप एक जिबी प्याक सुचारु गर्न सक्ने बताइएको छ ।
प्लान दुई सय ९९ अन्तर्गत ग्राहकले तीन जिबी डेटा भोलुम र १.१५ रुपैयाँ प्रतिमिनेट अन नेट भ्वाइस सेवा तीन सय ८१.७९ रुपैयाँमा सुचारु गर्न सक्नेछन् । ६ जिबी डेटा भोलुम रहेको प्लान चार सय ९९ र १५ जिबी डेटा रहेको प्लान प्लान सात सय ९९ पनि रहेका छन् । 
कम्पनीले डेटा, भ्वाइस र एसएमएस सेवाको बन्डलिङ सहित पाँच मासिक प्लान, डेटा प्याक सकिएपछि मेन ब्यालेन्स नकाटी आफैं डेटा बन्द हुने, डेटा, भ्वाइस र एसएमएस अब अझै सुलभ दरमा, हरेक प्लानमा थप डेटा प्याकको सुविधासहितको योजना सार्वजनिक गरेको जनाएको छ ।
 

यसमा तपाईको मत