बजार संक्षेप

एनसेल फोरजीमा अब डबल डेटा

    2019-06-14

काठमाडौँ- एनसेल प्राईभेट लिमिटेडले आफ्ना ग्राहकका लागि डेटामा आकर्षक योजना ल्याएको छ जसअन्तर्गत ग्राहकले डबल फोरजी डेटाको मजा लिन सक्नेछन् । यो योजना अन्तर्गत एनसेलका ग्राहकले सात दिन र तीस दिन समयसिमा भएको गज्जबको डेटा प्याकको खरिदमा बोनस स्वरुप फोरजी डेटा भोलुम प्राप्त गर्न सक्नेछन् । 

यो अफर यहि जेठ ३० गते (बिहिबार) देखि लागु भएको छ । देशको १,००० भन्दा बढि स्थानमा फोरजी सेवा विस्तार गरिएको घोषणा गरेको दुई साता भित्रै एनसेलले अझ सुलभ दरमा आधुनिक मोबाइल कनेक्टिभिटि सुनिश्चित गर्दै फारेजी डेटा बोनसको योजना ल्याएको हो । 

यो योजना अन्तर्गत सात दिन समयसिमा भएको ५०० एमबी डेटा र तीस दिन समयसिमा भएको ३ जिबी डेटाको खरिदमा ग्राहकले त्यत्तिनै भोलुम बराबरको फोरजी डेटा बोनस स्वरुप पाउनेछन् ।  जस्तै यदि ग्राहकले तीस दिन समयसिमा भएको ३ जिबी डेटा कर सहित रु ४५३.३० मा खरिद गरेमा बोनस स्वरुप थप ३ जिबी फोरजी डेटा पाउनेछन् । यो अफरमा ग्राहकले ३ जिबी डेटाकै शुल्कमा ६ जिबी डेटाको मजा लिन सक्नेछन् । 

 


 

यसमा तपाईको मत