बजार संक्षेप

‘रहस्यमय र जादुमय यति’ भ्रमण वर्षको मस्कट

  नागरिक   2020-01-19

काठमाडौँ- सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले ईस्वी संवत् २०२० को पहिलो दिन दशरथ रंगशालामा आयोजित नेपाल भ्रमण वर्ष २०२० अभियानको उद्घाटन समारोहमा अभियानकोे मस्कट ‘रहस्यमय र जादुमय यति’ सार्वजनिक गरे भने नेपाल र सगरमाथा जस्तै नेपाल र ‘यति’ लाई पनि पर्यायको रूपमा परिचित गराउने उद्देश्यका साथ नेपाल भ्रमण वर्ष २०२० बोर्डले अभियानको मस्कटको रूपमा ‘यति’ को छनौट गरेको थियो।

नेपाल भ्रमण वर्ष २०२० को आन्तरिक र अन्तर्राष्ट्रिय प्रचारका लागि नेपाली कलाकारहरू ७ फीट ह ६ फीट को आकारका १०८ वटा यतिको अभूतपूर्व प्रतिमाको विविध स्वरूप तयार गरिरहेको जानकारी आयोजकद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ। एक सय जनाभन्दा बढी नेपाली कलाकारहरू एउटै समूह बनाएर यस योजनामा काम गरिरहेका छन् । समावेशी र समग्र नेपाललाई प्रतिनिधित्व गर्ने उक्त योजनामा जातीय, क्षेत्रीय, परम्परा र संस्कृतिका हिसाबले विविधता रहेको छ ।
यस आयोजनाका लागि समाजको विभिन्न क्षेत्र जस्तै साना र मझौला व्यवसाय, व्यक्ति र संस्था, होटेल, रेष्टुरेण्ट, ट्राभल एजेण्ट्स, वायुसेवा, बैंक तथा वित्तीय संस्था, अन्तर्राष्ट्रिय संस्था र संग्रहालयहरूबाट आर्थिक सहयोग प्राप्त भएको जानकारी उक्त जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ।
पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, नेपाल भ्रमण वर्ष सचिवालयका राष्ट्रिय संयोजक सुरज वैद्य, यति कला समूहका प्रेम प्रभात गुरूङ्ग, कुमुदिनी गुरूङ्ग श्रेष्ठ र आङ्ग छिरिङ्ग शेर्पा र अझ भन्नुपर्दा यस किसिमले यतिको उपयोगलाई निर्णायक बनाउन अहम् भूमिका खेल्नेहरूको प्रयासले यो आयोजना संभव भएको हो ।  
यतिका कलात्मक प्रतिमाहरू पूर्ण रूपमा तयार भएपछि राष्ट्रिय र अन्तर्राष्ट्रिय सार्वजनिक स्थलहरूमा प्रदर्शनका लागि राखिने आयोजकले उक्त जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरेको छ।   
   

यसमा तपाईको मत