बजार संक्षेप

म्याक ल्युब्रिकेन्टस्को डिलर मिट सम्पन्न

    2019-07-15

काठमाडौँ- सिप्रदी ट्रेडिङ्ग प्रा. लि तथा भारत पेट्रोलियमले काठमाडौंको हायात होटलमा म्याक ल्युब्रिकेन्टस्को डिलर मिट २०१९ कार्यक्रम सम्पन्न गरेको छ। कम्पनीको उक्त कार्यक्रममा सिप्रदीले अधिराज्य भरि रहेका आफ्नो अधिकारीक डिलरहरुलाई आमन्त्रित गरि कार्यक्रम सम्पन्न गरेको हो ।
सो कार्यक्रममा पाहुनाहरुलाई कम्पनीको तर्फबाट सिप्रदी कम्पनीका कार्यकारी निर्देशक श्री राजन बाबु  श्रेष्ठले स्वागत गर्नुका साथै कम्पनीको आगामी योजनाको वारेमा सहभागिहरुलाई प्रष्ट पार्नुभएको थियो । उक्त कार्यक्रममा नेपालका लागि  भारत पेट्रोलियमका प्रबन्धक श्री मुकुन्द धमलाले नेपालको मार्केट प्रति भारत पेट्रोलियम सकारात्मक रहेको र सिप्रदी र सिप्रदीको डिलर्सहरुबाट आशा पनि धेरै रहेको कुरामा जोड दिएका थिए। साथै सिप्रदीका उप जनरल म्यानेजर रोशन कुमार श्रेष्ठले कम्पनीको हाल अपनाई रहेको रणनिति तथा आगामी कार्ययोजनाको बारेमा स्पष्ट पारेका थिए।
कार्यक्रममा नेपाल भरी रहेका सिप्रदीसँग आबद्ध डिलरहरु मध्ये उत्कृष्ट डिलरहरुलाई विभिन्न दश विधामा पुरस्कृत तथा सम्मान  गरिएको थियो । 
 

यसमा तपाईको मत